गान्तोक, नाम्ची र गेजिङ जिल्लाबाट कसैले पनि नामाङ्कन पत्र बुझाएनन्

1000579026.jpg

गान्तोक: आगामी १९ अप्रेलमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति गेजिङ जिल्लाबाट आज नामाङकन पत्र भर्ने दोस्रो दिन कसैले पनि नामाङकन पत्र नबुझाएको जानकारी गराएको छ। गेजिङ जिल्ला अन्तर्गत योक्सम टाशीडिङ, याङथाङ, मानेबुङ देन्ताम र गेजिङ बर्मेक निर्वाचन क्षेत्रमा चुनाउ सम्पन् हुन गइरहेको छ। उल्लेखनीय छ, हिजोदेखि नामाङकन पत्र भर्ने क्रम शुरू भएको छ भने यसको अन्तिम मिति २७ मार्च रहनेछ। यसरी नै आगामी २८ मार्चको दिन नामाङकन पत्रको जाँच हुने भएको छ भने ३० मार्चको दिन इच्छुक उम्मेदवारहरूले आफ्नो नामाङकन पत्र फिर्ता लिन सक्नेछन्। यसरी नै गान्तोक जिल्लाबाट पनि नामाङकन पत्र भर्ने दोस्रो दिन कसैले पनि नामाङकन पत्र नबुझाएको आधिकारिक सुत्रले जानकारी गराएको छ। सोही प्रकारले नाम्ची जिल्लाबाट पनि नामाङकन पत्र भर्ने बुझाउने दोस्रो दिन कुनै पनि पार्टीका उम्मेदावरले नामाङकन पत्र नबुझाएको जानकारी प्राप्त भएको छ। नाम्ची जिल्ला अन्तर्गत बर्फुङ निर्वाचन,पोकलोक कामराङ, नाम्ची सिङ्गिथाङ, मल्ली, नामथाङ रातेपानी र राङगाङ याङगाङ निर्वाचन क्षेत्र रहेको छ।

About Author

Advertisement