पाकिम जिल्लाको निम्ति आएका पर्यवेक्षकले गरे सम्बन्धित अधिकारीहरूसँग बैठक

n5936527361711034154451c68d82798ee0d9aa4bbcff13297bfda07f6b3e101e6c8a1146a05125e3793708.jpg

गान्तोक: आगामी १९ मार्चमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति व्यय पर्यवेक्षकको रूपमा पाकिम जिल्लामा आएका आशिष कुमार पाण्डेले आज पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा व्यय निगरानी मशनरीहरूसँग बैठक गरे।

यस अवसरमा पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले व्यय पर्यवेक्षकलाई राज्यमा हुन लागेको चुनाउबारे भिडियो अवलोकन टोली, भिडियो निगरानी टोली जस्ता निर्वाचन अनुगमनमा संलग्न विभिन्न टोलीहरूबारे जानकारी गराए। उनले फ्लाइङ स्क्वाड, र स्थिर निगरानी टोलीले लोकतान्त्रिक सिद्धान्तलाई कायम राख्ने प्रतिबद्धता जनाउँदै निष्पक्ष र पारदर्शी निर्वाचन प्रक्रियाका लागि जिल्लाभरि भइरहेको तयारीलाई प्रकाश पारे।

सोही क्रममा पाकिम जिल्लाका वरिष्ठ पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चाले चेक पोइन्टहरूको परिचालन पक्ष र कुनै पनि अवैध गतिविधिहरूलाई रोक्नको लागि रणनीतिक उपायहरूबारेमा प्रकाश पारे।

चुनाउ खर्च अनुगमन गर्न जिम्मेवार नोडल अधिकारीहरूसँग संलग्न हुँदै, व्यय पर्यवेक्षकले भारतको चुनाउ आयोगले तोकेका दिशानिर्देशहरू अनुरूप सही अभिलेख र पारदर्शीढङ्गमा यसलाई कार्यान्वयन गर्ने प्रयास भइरहेको अवगत गराएको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *