संसद चुनावकाे घोषणा पत्रमा भारतीय गाेर्खा समुदायकाे व्यञ्जनकाे सूचि समावेश गरिदिन पेम्बा रिम्पोर्छेको अनुरोध

IMG-20240321-WA0189.jpg

खरसाङ: संसद चुनावकाे घोषणा पत्र भारतीय गाेर्खा समुदायकाे व्यञ्जनकाे सुटूचि समावेश गरि दिन बौध्द धर्म गुरु एंव गोजमुमो खरसाङ महकुमा समितिको सभापति पेम्बा रिम्पोर्छेले अनुरोध गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै भने, इन्डियन राेयल गाेर्खा क्युलिनेरी शेफ फेडरेशन भारतकाे एक गाेर्खा समुदायको खाना संरक्षण समिति हाे। जस समेतीकाे सन् २०१६ सालमा भारतीय गाेर्खा विशेषज्ञ शेफहरुकाे नेतृत्वमा स्थापना भएको थियोे। इन्डियन राेयल गाेर्खा क्युलिनेरी शेफ फेडरेशन भारतकाे पाक कला क्षेत्रकाे विशेषज्ञ भान्सेहरुकाे संगठन हुन्। जस संगठनकाे नेतृत्वमा भारतीय गाेर्खा समुदायको खानपिनकाे मेनुलाई देश विदेशकाे सितारे हाेटलहरुकाे मेनुमा समावेश गर्दै आइरहेका छन्।’ गाेर्खा व्यञ्जनलाई भारत देशकाे संस्कृत विभाग, आदिवासी जनजाति विभाग, संसद भवनकाे रेष्टुरेन्टकाे सुटूचिमा समावेश गर्न संगठनले कार्य गरीरहेका छन्।
जस विषयलाई म एउटा बौद्ध धर्म गुरुकाे तर्फबाट गाेर्खा शेफ संगठनलाई हार्दिक बधाई दिदै उनीहरुले उठाएको मुद्दा गाेर्खा खानाले भारतकाे संविधान अन्तर्गत सम्मान पाउनुपर्छ भनेर सुरु गरेकाे अभियानलाई सहृदयी समर्थन जनाउँद छु।’
उनले भनेका छन् -‘गाेर्खा समुदायलाई सम्पूर्ण रुपमा संवैधानिक रुपमा भविष्यमा सम्मान र सुरक्षा मिल्न सक्छन् भने त्याे गाेर्खा व्यञ्जनकाे संस्कृतिले मात्र मिल्न सक्छ।
यसर्थ आगामी २०२४ काे संसद चुनावकाे घोषणापत्र भारतीय गाेर्खा समुदायकाे व्यञ्जनकाे सूचि समावेश गरीदिन म हार्दिक अनुरोध गर्दैछु।”
उनले अझ भने, ‘भारतीय गाेर्खा समुदायको खानाकाे संस्कृतिकाे इतिहास काेही इतिहास तिब्बतसंग जाेडीएका छन् त काेही इतिहास नेपालसंग जाेडिएकाे छ भने केही रेसेपीकाे इतिहास भूटान राष्ट्रसंग जाेडिएकाे कारण भारतकाे अधिकारी विभागहरुमा गाेर्खा समुदायको व्यञ्जनकाे संस्कृतिलाई संशोधन गर्न अति जरुरी छ। जस्तै भारतकाे सूचना विभाग, आदिवासी जनजाति विभाग, संस्कृति विभागमा गाेर्खा समुदायको खानाकाे संस्कृति संशोधन गरेर संवैधानिक रुपमा संसद भवनमा गाेर्खा खानालाई सम्मान दिलाउन संसद भवनभित्रकाे रेष्टुरेन्टकाे मेनुकाे सूचिमा गाेर्खा समुदायको खानाकाे सूचि समावेश गर्न जरुरी भएको छ। गाेर्खा खानालाई संशोधन गर्ने काम राज्यसभा विधानसभा र क्षेत्रीय प्रशासनका सदनहरुमा संशोधन गर्न सकिन्छ। यसर्थ सम्मानित संसद सदस्य, विधायक, सभासदद्वारा सदनकाे सभामा गाेर्खा खानाकाे प्रस्ताव पारित गरेर सभा सदस्यहरूकाे सयाेग र समर्थ लिएर गाेर्खा खानाकाे मेनुलाई संवैधानिक रुपमा सुरक्षा गर्न सक्नेछ।’
उनले भने, भारतमा गाेर्खा व्यञ्जनकाे संस्कृति बाँचे जाति बाँच्छ। गाेर्खा व्यञ्जनकाे संस्कृति बाँचे जातिकाे सुरक्षा भई सम्मान मिल्नेछ। भारत देशमा गाेर्खा व्यञ्जनकाे संस्कृति संवैधानिक सुरक्षा पाउन भनेकाे गोर्खाल्याण्ड राज्यको पनि यही गाेर्खा व्यञ्जनकाे संस्कृतिबाट नै नयाँ राज्यको निर्माण हुनेछ।
जबसम्म भारतकाे अधिकारी विभागहरुमा गाेर्खा समुदायको व्यञ्जनकाे संस्कृतिलाई संशोधन गरेर सुरक्षा गर्दैन जबसम्म गोर्खाल्याण्ड राज्यको निर्माण हुँदैन। गाेर्खा समुदायको सुरक्षा गर्न अथवा गोर्खाल्याण्ड राज्य जस्तो संवैधानिक सुरक्षा व्यवस्थापनकाे दार्जिलिङमा स्थापना पनि पहिला गाेर्खा खानाकाे संस्कृतिलाई संवैधानिक रुपमा संशोधन गर्न जरुरी छ। यसर्थ गाेर्खा व्यञ्जनकाे संस्कृतिलाई बचाउन र सम्मान दिलाउन हामी भारतीय गाेर्खाकाे तर्फबाट म शेफ श्यामसन तामाङ अध्यक्ष इन्डियन राेयल गाेर्खा क्युलिनेरी शेफ फेडरेशन यस संसद चुनावमा गाेर्खा व्यञ्जनलाई चुनावी मेनिफेस्टोमा समावेश गरिदिन हार्दिक अनुरोध गर्दछु।’
यसाेसले आगामी २०२४ काे संसद चुनावकाे घोषणापत्र भारतीय गाेर्खा समुदायकाे व्यञ्जनकाे सूचि समावेश गरीदिन म हार्दिक अनुरोध गर्दैछु साथै भारतीय गाेर्खा खाना संरक्षण समितिलाई उनीहरूले जातिको हितकाे लागि गर्न भएको संघर्षकाे म सम्मान गर्दै शेफ संगठनले गाेर्खा खानालाई संवैधानिक रुपमा सम्मान दिलाउनपर्छ सुरु गर्न भएको अभियान सफल बन्न सकाेस भनी कामनासंगै
हार्दिक बधाई दिदँछु।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *