कोलकाताको रेष्टुरेन्टमा आगलागी,

Screenshot_20240321_184517_WhatsApp.jpg

कोलकाता: कोलकाताको एक रेस्टुरेन्टमा आगलागी हुँदा सबै सामान जलेर खरानी भएको छ। कोलकाताको गांगुलीबागनस्थित गोलघर क्लब नजिकैको रेस्टुरेन्टमा आगलागी भएको छ। सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगलागीबाट रेष्टुरेन्टमा राखिएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ। स्थानीयले दमकललाई खबर गरेपछि दमकलको गाडी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। आगलागीको कारण अहिले खुल्न सकेको छैन, आगलागीबाट धेरै क्षती भएको छ भने अनुसन्धान भइरहेको दमकलले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement