सिलगढीमा मेयर कप अन्तर विद्यालय क्यारम प्रतियोगिता २०२४-को आयोजना

f-1.png

सिलगढी: सिलगढी नगरनिगमको आयोजना तथा सिलगढी डिस्ट्रिक क्यारम एसोसिएसनको पहलमा सिलगढी मेयर कप अन्तर विद्यालय क्यारम प्रतियोगिता २०२४ कञ्चनजङ्घा स्टेडियममा शुरू भएको छ। सिलगढी नगरनिगमका मेयर गौतम देव, क्रीडा पर्षदका सदस्य स्वपन दास, रेफरी एन्ड एम्पायर एसोसिएसनका सचिव राना दे सरकार, जिल्ला क्यारम संस्थाका सचिव सञ्जीव घोषले आज दीप प्रज्ज्वलन गरेर प्रतियोगिताको शुरूआत गरे। सिलगढी नगरनिगम अन्तर्गत मोठ १५ वटा स्कुलका लगभग सयौँ विद्यार्थीहरूलाई लिएर ८ वटा बोर्डमा क्यारम खेलाइनेछ। स्कुलका विद्यार्थीहरूलाई पढाई सँगसँगै खेलप्रति उत्साहित गर्ने उद्देश्य लिएर उक्त प्रतियोगिताको आयोजना गरिएको हो। यस अवसरमा मेयरले भने, आगामी वर्षमा उक्त प्रतियोगिता इन्डोर स्टेडियममा खेलाइनेछ। पढाई सँगसँगै नयाँ पिँढीका विद्यार्थीहरूलाई खेलकूदप्रति आकर्षित गर्ने उद्देश्य लिएर उक्त प्रतियोगिताको आयोजना गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement