गाेपाल लामाकाे नामाङ्कन दर्ताकाे दिन मिरिक महकुमाबाट दुई सय गाडी समर्थक सहभागी बन्ने दावी

IMG-20240321-WA0179.jpg

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक चुनाउ काेर कमिटीको सभा आज मिरिककाे एक हाेटलमा सम्पन्न भयाे। सभामा सियाेक गाेपालधारा ओकेटी समष्टि सभासद ध्रुब्र बम्जन, भागाेप्रमाे मिरिक महकुमा अध्यक्ष एंव मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, पूर्व सभासद फूबी राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, भागाेप्रमाे सियाेक गाेपालधारा ओकाईटी समष्टि अध्यक्ष समीर राई अनि केन्द्रीय सदस्य सतीस थापा आदि उपस्थित थिए। सभापछि पत्रकारहरूसित बाेल्दै भागाेप्रमाे मिरिक महकुमा अध्यक्ष एंव मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले लोक सभा संसदीय चुनावमा गाेपाल लामालाई प्रार्थी बनाईसकेकाे छ।
उनकाे चुनावको नामाङ्कन दर्ता गर्ने तारिक आगामी २८ मार्च २०२४ तय गरिएकाे छ। त्यस दिन बिहान महाकाल बाबाको दर्शन अनि आशीर्वाद लिएर ठूलो संख्यामा जिल्ला चुनाव अधिकारीको कार्यालयमा हामी जानेछाैं भने। तिनले मिरिककाे चारवटा समष्टिबाट दुई सय गाडी समर्थकहरू दार्जिलिङ जानेछन् भन्दै उक्त विषयमा नै सभामा चर्चा गरिएकाे बताए। तिनले हाम्रो प्रार्थी गोपाल लामालाई मिरिक दार्जीलिङ, खरसाङ, पहाड, समतल अनि डुवर्समा नचिन्ने व्यक्ति विरलै होलान्। गोपाल लामाले विगत २० वर्ष प्रशासनिक कार्यमा बिताएका थिए। उनी दार्जीलिङका एडीएम थिए। उनले जीटीएमा पनि सचिवको कार्यभार समालेका थिए। मङपु सिन्कोनाको प्रबन्धक थिए। उनी परिचित व्यक्ति हुन्। उनी धेरै संस्थाहरूसँग संलग्न व्यक्ति पनि हुन्। यसैले यसपालीको चुनाउमा धेरै भाेटले विजय बनाउने हामी मतदाताहरूलाई अनुराेध गर्दछाैं भने। तिनले प्रार्थी गाेपाल लामा मिरिकमा पनि आएर चुनाउ प्रचार गर्नेछन्। हामी निश्चित मिति तय गरेर प्रार्थी लामालाई मिरिकमा ल्याउँनेछाैं भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement