म गोर्खालाई ढाँट्ने मान्छे होइन र म दिल्लीबाट पठाएको उम्मेद्वार होइन: गोपाल लामा

IMG-20240321-WA0174.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा , खरसाङ महकुमा समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै दार्जीलिङ लोकसभाका उम्मेद्वार गोपाल लामाले भने, “क्षेत्रीय दललाई शक्तिशाली बनाउनु क्षेत्रीय दलका विधायक अनि सांसद हुनु आवश्यक छ। म गोर्खालाई ढाँट्ने मान्छे होइन। यसपालीको चुनाव निर्णायक चुनाव हो। गोर्खा जाति हार्नु हुँदैन। संसदमा बोलेर मात्र काम पूरा हुँदैन। माइला बाजेदेखि राजु विष्टसम्मले संसदमा कति बोले बोले। तर केही भयो र? काम फत्ते गराउनु, अधिकारीहरूसँग मिलेर काम गर्नुपर्छ। जुन कुरा म जान्दछु। काम गर्ने तरिका अलग्गै हुन्छ।”
आफ्नो उम्मेद्वारीता कसरी पाइएको विषय बताउँदै उनले एक ठाउँ भने, “हामी ४२ जना उम्मेदवारहरू उम्मेद्वार घोषणा हुनु अघि मुख्यमन्त्रीसँग बैठकमा बसेका थियौं। मुख्यमन्त्रीले मलाई छेउमा लगेर सोध्नु भयो, ‘लामा पहाडमा हामी जित्छौ?’ मैले भने, ‘हामी अवश्य जित्छौ’।”
उनले फूल फूल नै हो। यसपाली जोडी फूल मनपराउनु होस भन्दै थप भने, “मलाई निर्दलीय उठ्नु भनेर सल्लाह दिने पनि धेरै थिए तर भागोप्रमो सही पार्टी लाग्यो अनि यसै पार्टीबाट चुनाव लड्दैछु। मलाई दिल्ली अनि कोलकाताबाट पठाएको उम्मेद्वार होइन। म यही जन्मेको व्यक्ति हुँ अनि क्षेत्रिय दल भागोप्रमोको उम्मेद्वार हुँ।”
मिडियामा ‘गोपाल लामाको मुद्दा नै छैन भनेर चलेको बयानमाथि बोल्दै उनले भने, “म महकुमा शासक हुँदा पनि मैले गोर्खाल्याण्डको मुद्दालाई सहयोग गरेको नै हुँ। आज पनि म त्यो अडानमाथि कायम छु। तर गोर्खाल्याण्ड कहिले हुनेछ त्यो थाहा छैन। दागोपाप थाप्दा जुन सम्झौता गरिएको थियो त्यो अनुसार गोर्खाल्याण्डको मांग ड्रप गराइएको थियो। तर आज पनि त्यही ड्रप गरिएको मांगलाई लिएर चुनाव समय गोर्खाल्याण्डको आवाज उठ्छ। यो सही होइन। मैले त्यही भनेको थिए कि गोर्खाल्याण्ड चुनावी मुद्दा बनाउनु हुँदैन।”
भाजपाप्रति कटाक्ष गर्दै लामाले भने, “गोर्खाल्याण्ड माग्ने हाम्रो अधिकार हो। तर बीजेपीले गोर्खाल्याण्ड तुरन्तै दिन्छ भन्ने मूर्खले पनि सोच्नु हुँदैन। उहाँहरूको एजेण्डा अर्कै छ। 543 जना सांसद रहने लोकसभामा एकजना सांसदले कराएर गोर्खाल्याण्ड हुँदैन।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *