मोबिल बोकेको लरीमा आगलागी

Screenshot_20240321_172804_WhatsApp.jpg

काेलकाता: जङ्गलपुरको राष्ट्रिय राजमार्ग १६ मा एक मोबिल बोकेको लरीमा अचानक आगलागी भयाे। दमकलका ३ वटा गाडीले २ घण्टाको मेहनतपछि आगाे नियन्त्रण लिएको छ। स्रोतका अनुसार बिहान ६ बजेतिर आगलागी भएको हो। लरीका चालक खिदिरपुरबाट मोबाइल लोड गरेर धुलागरतर्फ जाँदै गर्दा अचानक आगो लागेको थाहा पाए। त्यसपछि उनीहरुको गाडी रोकियो। घटनास्थलमा दमकलका ३ वटा गाडी पुगेर करिब २ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको बताइएको छ। आगलागीको कारण खुल्न नसकेको तर गाडीमा २० लिटरको मोबिलको जार रहेकाले आगोको तीव्रता धेरै भएकोले आगो निभाउन दमकललाई निकै कठिनाइ भएको थियो। तर, कुनै हताहतीको खबर भने आएको छैन। आगलागीबाट लरी पुरै जलेर नष्ट भएको छ ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *