गान्तोक: एसकेएमका पूर्व मन्त्री डा. मणिकुमार शर्मा एसडीएफ पार्टीमा सामेल भएका छन्। दुई दिनअघि एसकेएम पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिएका डा. मणिकुमार शर्माले आजदेखि एसडीएफको झण्डा समाएका हुन्।
पूर्व सिक्किमको खामदोङ सिङ्ताम निर्वाचन क्षेत्रको सिमिक ठासामा आयोजित कार्यक्रम अवधि डाक्टर शर्मा एसडीएफ पार्टीमा सामेल भएका हुन्। कार्यक्रम स्थलमा पुग्नअघि डाक्टर मणिकुमार शर्माले एसडीएफ अध्यक्ष पवन चामलिङसंग सीपी ढकालको घरमा भेटघाट गरेका थिए। यस अवसरमा हालै सिक्किम रिपब्लिकन पार्टीबाट राजीनामा दिएका ताराप्रसाद भट्टराई पनि एसडीएफ पार्टीमा सामेल भएका छन्।
चुनाउ घोषणापछि पहिलोपटक एसडीएफ पार्टीले आयोजन गरेको सार्वजनिक कार्यक्रममा खामदोङ सिङ्ताम निर्वाचन क्षेत्रबाट निवर्तमान विधायक रहेका डा. मणिकुमार शर्माको समर्थनमा रहेका धेरै मानिसहरुले एसडीएफको झण्डा समाएका छन्। पार्टीमा सामेल हुने सबैलाई एसडीएफ अध्यक्ष पवन चामलिङले स्वागत जनाए।








