जयगाउँमा अखिल भारत गोर्खा खस कामी, दमाईं, सार्की एकता मञ्चको तेस्रो स्थापना दिवस सम्पन्न

0337289f-6552-42cb-a08d-559fa799b0bc

जयगाउँ: भारतको सम्पूर्ण राज्यहरूमा बसोबास गर्ने गोर्खा खस भित्रको उप-जातहरूमा कामी, दमाईं, सार्की समुदायहरूको आफ्नो भाषा, साहित्य, कला, संस्कृति, अस्तित्व, चिन्हारी र जातिको सुरक्षाको निम्ति लड्ने र छहारी दिने एकमात्र छाता माऊ संगठन अखिल भारत गोर्खा खस कामी, दमाईं, सार्की एकता मञ्च- कालचिनी प्रखण्ड शाखा समिति, जयगाउँले हिजो तेस्रो वर्ष गॉंठ र २०८ औं भानु जयन्ती स्मरण दिवस साथै सम्मान समारोह भव्य रुपले पालन गरेको छ| समारोह अध्यक्ष बाबुल मोथेको अध्यक्षतामा सम्पन्न उक्त भव्य समारोहका मुख्य अतिथिको रुपमा भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार एवं उत्तर बङ्गाल विश्वविद्यालयका पूर्व प्राध्यापक डा. नरेशचन्द्र खाती थिए भने विशिष्ठ अतिथिहरूमा कमल सार्की (संगठनका राष्ट्रीय अध्यक्ष), अशोक विश्व लोहार (संगठनका राष्ट्रीय कार्यकारी अध्यक्ष तथा बरिष्ठ कवि, साहित्यकार), के.बी. बराइली (चेरमेन, पश्चिम बंगाल सरकार कामी विकास बोर्ड), सुरज विश्वकर्मा (राष्ट्रीय महा-सचिव), गंगासागर पञ्चकोटी (चेरमेन, पश्चिम बंगाल सरकार दमाईं विकास बोर्ड), भक्त जैरु (पूर्व पार्षद,डीजीएससी), सदीप सार्की (चेरमेन, पश्चिम बंगाल सरकार सार्की विकास बोर्ड), आनन्द ठटाल (बीरपाडा-मदारीहाट ब्लक अध्यक्ष तथा राष्ट्रीय सल्लाहकार), दिल बहादुर सार्की (सार्की विकास बोर्ड कार्यकारी सदस्य) के.बी.दियाली (अध्यक्ष, जेडीबीएस), रबिन दर्जी (राष्ट्रीय उपाध्यक्ष), जीवन बराइली (राष्ट्रीय उपाध्यक्ष), दिनेश तिरुवा (राष्ट्रीय सल्लाहकार), बिष्णु सार्की (राष्ट्रीय कोषाध्यक्ष) सहित केन्द्रीय कमिटिका अन्यान्य पदाधिकारीगण तथा सम्पूर्ण डुवर्सका सातवटा खण्ड शाखाका सम्पूर्ण पदाधिकारीगणको उपस्थिति थियो, यस बाहेक यो भब्य कार्यक्रममा दार्जीलिङ, खरखाङ, मंग्पू, तीनधारे, सिलगढ़ी, कालेबुङ, लाभा, अलगढ़ा, गोरुबथान, झोलुङ्ग, बिन्दु, गैरीबास, रोंगो अनि डुवर्सको कुमारग्राम ब्लक, कालचिनी ब्लक, बीरपाडा-मदारीहाट ब्लक, बानरहाट ब्लक, धुपगढी ब्लक, नगरकट्टा ब्लक, मटेली ब्लक, माल ब्लक, राजगंज ब्लकका सम्बन्धित जात समुदायका हजारौं सदस्य-सदस्याहरूको विशाल जमघट थियो|

    कार्यक्रमको पहिलो चरणमा गोर्खा खस कामी, दमाईं, सार्की जातिको लोक सांस्कृतिक शोभायात्रा थियो तर बिहानदेखि सॉंझसम्म मुसलधारे पानीको बर्षाले शोभायात्रा हुन सकेन| दोस्रो चरणमा समारोह अध्यक्ष, मुख्य अतिथि, विशिष्ठ अतिथिहरूको बाहुलीबाट भानुभक्त आचार्य र डा.बी.आर.अम्बेडकरको तस्बीरमा माल्यार्पण र धुपदीप प्रज्वलन भयो साथै संगठनको राष्ट्रीय अध्यक्ष, राष्ट्रीय कार्यकारी अध्यक्ष, र राष्ट्रीय महासचिवबाट झण्डा उत्तोलन गरेर राष्ट्रीय गीत सम्पन्न भयो अनि शहीदहरूको नाममा एक मिनटको मौन धारण भयो| त्यसपछि उक्त कार्यक्रममा आयोजक कमिटीका सचिव अमित तिखत्रीले स्वागत सम्बोधन राखे साथै कादसा जातिको लोक सांस्कृतिक नृत्य, देशभक्ति गीत,रामायण पाठ, कविता आदि थियो भने कादसा समुदायका साहित्य र शिक्षा क्षेत्रमा जीवनभर योगदान दिने प्रतिभा र विभूतिहरू डा.नरेशचन्द्र खाती (सिलगढ़ी), अशोक विश्व लोहार (डुवर्स),कमल दर्जी (असम), पन्च बहादुर हिंग्मांग(डुवर्स), गोपालसिंह विश्व (डुवर्स), कमल सार्की (डुवर्स) चन्द्र कटुवाल दमाईं (असम), प्रा.डा.अमीर दर्जी (तीनधारे), विवेक कामी (डुवर्स), प्रा.राजीव विश्वकर्मा (डुवर्स), राम बसेल सार्की(असम), कैलाश रसाइली (असम), कृष्ण मिजार (असम), डा.अभिषेक आनन्द नौबाग (डुवर्स), अमीर सुन्दास (डुवर्स), सुरज रोका (डुवर्स), गणेश गजमेर (डुवर्स), अधिबक्ता सुश्री लिपिका बराइली (डुवर्स), दिलबहादुर सार्की (गोरुबथान), डा.रितेश विश्व (डुवर्स), गोबिन्द परियार (गोरुबथान), आदिलाई ससम्मान अभिनन्दन – पत्र, अंग वस्त्र र ढाका टोपी पहिराई दिएर भब्य स्वागत गरे| यसरी नै डुवर्सका कादसा समुदायका पश्चिम बंगाल माध्यमिक परिक्षा बोर्ड, आइसीएसई, सीबीएसई परिक्षाहरूमा अब्बल अंक ल्याएर उतीर्ण हुने विद्यार्थीहरूलाई संगठनको पक्षबाट स्मृति स्वरूप प्रशंसा-पत्र मुख्य अतिथिको बाहुलीबाट प्रदान गरि सम्मान जनाइयो| यस कार्यक्रममा समारोहका मुख्य अतिथि डा.नरेशचन्द्र खाती, राष्ट्रीय अध्यक्ष कमल सार्की, राष्ट्रीय कार्यकारी अध्यक्ष अशोक विश्व लोहार, भक्त जैरु, राष्ट्रीय महासचिव सुरज विश्वकर्मा, चेरमेन- के.बी.बराइली, चेरमेन- गंगासागर पन्चकोटी, चेरमेन- सदीप सार्कीले खुबै महत्वपूर्ण बिचारहरू राखे| यस दिनको कार्यक्रमको सञ्चालन बिक्रम सापकोटा र निकिता विश्वकर्माले गरे भने धन्यवाद ज्ञापन आयोजक कमिटीका अध्यक्ष दिनेश विश्वले गरे|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *