इंग्ल्याण्डद्वारा गणेशको तस्वीरसहितको सुनको बिस्कुट सार्वजनिक

Ganesh-Gold-Biscuit

इंग्ल्याण्डको रोयल मिन्टले गणेश चतुर्थीको पूर्वसन्ध्यामा भगवान गणेशको तस्वीरसहितको सुनको बिस्कुट जारी गरेको छ। यो हप्तादेखि २० ग्राम तौलका बिस्कुट अनलाइनबाटै बिक्री हुने भएको छ। तिनीहरूको मूल्य १११०.८० पाउन्ड हो। गत वर्ष रोयल मिन्टले दीपावलीमा लक्ष्मीको छविसहितको बिस्कुट जारी गरेको थियो। दुवै बिस्कुट इमा नोबेल नामक डिजाइनरले बनाएका हुन्। नयाँ सिक्कामा गणेशको हातमा थाली र खुट्टामा लड्डू राखिएको छ। रोयल मिन्टले आफ्नो ट्वीटरमा लेखेको छ, “शुभांकर भगवान गणेशलाई रोयल मिन्टले पहिलो पटक २० ग्राम सुनको बिस्कुटमा सम्मान गरेको छ।”

About Author

Advertisement