कालेबुङ एनएच-१० मा पैह्रो

vvv_89.jpg

वाहनहरूको आवागमनमाथि रोक

कालेबुङ: अविरल वर्षाको कारणले जिल्लाको लिखुभीर संगलग्न एनएच-१० मा बिसाउँदै गइरहेको पैह्रोलाई मध्यनजर गर्दै बिहीवार सतर्कतास्वरूप वाहनहरूको आवागमनमाथि रोक लगाइएको छ। हाल सिलगढ़ीदेखि सिक्किम अनि कालेबुङ तर्फ जाने वाहनहरूलाई लाभा-गोरूबथान रोडमा डायभर्ट गरिएको छ।

गत बुधवारदेखि नै यहाँको समतल औ पहाड़ी दुवै क्षेत्रमा अविरल वर्षा भइरहेको छ। वर्षाको कारणले कालेबुङ एवं सिक्किमतर्फ जाने राष्ट्रिय राजमार्ग-१० को किनारमा सानो-ठूलो ढुङ्गाहरू झर्न शुरू भएको छ। गम्भीर आपदाको खतरालाई मध्यनजर गर्दै यस मार्गमा यातायात रोकिएको छ। कालेबुङ पुलिसले स्थितिमाथि निगरानी राखिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *