स्टार फूटबलर रबिन्हो दुष्कर्मको आरोपमा दोषी साबित, ९ सालको जेल

IMG-20240321-WA0143.jpg

नयाँ दिल्ली: रियल म्याड्रिड र म्यानचेष्टर सिटीका पूर्व फूटबलर रबिन्होले ब्राजीलमा दुष्कर्मको निम्ति ९
साल जेलमा बिताउनु पर्नेछ। अदालतले ब्राजीलका यस स्टार फूटबलरलाई दुष्कर्मको मामिलामा यस्तो शास्ती दिएको छ। रबिन्होलाई २०१७-मा २२ वर्षीय अल्बानियाई महिलासँग सामूहिक दुष्कर्मको आरोपमा इटलीमा ९ साल जेलको शास्ती सुनाइएको थियो जब उनी एसी मिलानबाट खेल्थे। रबिन्होमाथि २०१३-मा त्यस महिलासँग दुष्कर्म गरेको आरोप रहेको थियो। अदालतले शास्ती सुनाउँदा रबिन्हो आफ्नो देश ब्राजील फर्किसकेका थिए, जसले आफ्ना नागरिकहरूलाई प्रत्यर्पण गर्दैन। यसैकारण इटलीले फूटबलरलाई उनको गृह राष्ट्रमा कारावासको माग गरेको थियो। रिपोर्ट अनुसार, ब्राजीलको एउटा अदालतले इटलीको अनुरोधपछि फसेला सुनाएको छ। अब उनले ब्राजीलमा जेलको शास्ती काट्नु पर्नेछ। ब्राजीलको सुपीरियर कोर्ट अव् जस्टिसका न्यायाधीशहरूले रबिन्होको शास्तीलाई मान्य गर्न ९-२-ले मतदान गरे। सुपीरियर ट्रिब्यूनल अव् जस्टिस (एसटीजे) मामिलामा हालिएको १० भोटहरूमा आठवटा रबिन्होलाई पक्राउ गर्ने अनि घरेलु माटोमा शास्ती दिने पक्षमा थियो। रबिन्होका वकील जोस एडुआर्डो एल्कमिनले अदालतमा शास्ती विरुद्ध अपील गर्ने संकेत दिएका छन्। उल्लेखनीय छ, रबिन्होले ब्राजीलको तर्फबाट १०० वटा म्याच खेलेर २८ गोल गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement