अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त

Screenshot_20240321_161702_WhatsApp.jpg

जलपाईगुडी: उत्तर बङ्गालमा मंगलबार रातिदेखि पानी परिरहेको छ। बिहीबार बिहान पनि जलपाईगुडी, सिलगढीलगायत उत्तर बंगालका धेरै ठाउँमा पानी परेको छ। वर्षाका कारण पूरै उत्तर बंगालमा जाडोको माहोल देख्न सकिन्छ। गएराति पनि विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको थियो। अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ भने सर्वसाधारणलाई निकै समस्या परेको छ। अलिपुर मौसम विभागले यो वर्षा शुक्रबारसम्म जारी रहने जनाएको छ।

लगातार दुई–तीन दिनसम्म वर्षाका कारण तापक्रममा परिवर्तनको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भने दक्षिण बङ्गालका जिल्लामा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्ने भएकाले मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement