चालक टोटो लिएर चम्पट कसेको घटना

Untitled-15.jpg

सिलगढी: बाग्राकोर्ट इलाकाका एकजना व्यक्तिबाट अमजद अन्सारीले ई-रिक्शा (टोटो) भाडामा चलाउनको लागि लिएका थिए। गत १५ दिनदेखि अमजदले उक्त टोटो चलाइरहेको थियो। यसैबीच गत १५ मार्चमा अमजद अचानक टोटो लिएर निखोज भएका थिए। टोटो मालिकले धेरै ठाउँमा खोजी गरे तापनि टोटो र चालकको कुनै पत्तो लागेन। यसपछि टोटो मालिकले गत १७ मार्चमा सिलगढी थानामा टोटो चोरी भएकोबारे लिखित अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिसले गत राति आमबारीबाट टोटो चालक अमजद अन्सारीलाई पक्राउ गर्नको साथै चोरी गरेको टोटो पनि उद्धार गरेको छ। पक्रा परेका चालकलाई आज सिलगढी अदालतमा पेश गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement