आईपीएलको अवधि मोहालीमा कठोर सुरक्षा बन्दोबस्त

IMG-20240321-WA0115.jpg

मोहाली: महाराजा यादवेन्द्र सिंह इण्टरनेशनल क्रिकेट स्टेडियम, मुल्लांपुरमा २३ मार्चमा हुने इण्डियन प्रीमियर लीग (आईपीएल) म्याचको निम्ति कठोर सुरक्षा बन्दोबस्त रहनेछ अनि २२०० भन्दा अधिक पुलिसकर्मीले सुरक्षा सुनिश्चित गर्नेछन्। यस स्टेडियममा पञ्जाब किंग्सले २३ मार्चमा हुने आईपीएलको दोस्रो म्याचमा दिल्ली क्यापिटल्सको चुनौती स्वीकार्नेछ। पञ्जाबका विशेष पुलिस महानिदेशक (कानून एवम् व्यवस्था) अर्पित शुक्लाले स्टेडियममा मीडियालाई सम्बोधित गर्दै म्याचको अवधि सुरक्षाको देखरेख डीआईजी स्तरका अधिकारीहरूद्वारा गरिने बताए। शुक्ला सुरक्षा व्यवस्थाको जाँच गर्न यहाँ आएका थिए। उनले भने, हामीले म्याचको निम्ति पर्याप्त सुरक्षा बन्दोबस्त गरेका छौं। मोहाली एसएसपी-ले कठोर सुरक्षा बन्दोबस्त सुनिश्चित गर्नेछन्। यसको साथमा स्टेडियम वरिपरिका निवासीहरूलाई कुनै असुविधा नहोस् अनि यातायात उचित रूपले नियन्त्रित गर्न सकियोस् भन्ने पनि हामी सुनिश्चित गर्नेछौं। म्याचको निम्ति पर्याप्त पार्किंग व्यवस्था गरिएको छ। अन्तिम यातायात मार्ग र योजना बनाएपछि केही सड़कहरूलाई चाहिँ डायभर्ट गरिनेछ। शुक्लाले अझ भने, स्टेडियममा ३३ हजार दर्शकहरू उपस्थित रहने सम्भावना छ अनि ७ हजार कारहरू व्यवस्थित पार्किंग गर्न सकिनेछ। मुल्लांपुर स्टेडियमको क्षमता मोहालीको पीसीए स्टेडियमभन्दा अधिक छ अनि यस प्रकारको भीड़लाई प्रबन्धित गर्नु कुनै समस्या हुनेछैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *