यशस्वी जयसवाल र ट्रिस्टन स्टब्समाथि नजर रहनेछः एबीडी

IMG-20240321-WA0111.jpg

नयाँ दिल्ली: दक्षिण अफ्रिकाका महान क्रिकेटर एबी डीभिलियर्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४ अघि यी खेलाड़ीहरूका नाम खुलासा गरेका छन्, जसले यस सीजनमा विध्वंशी प्रदर्शन गर्ने उनलाई आशा रहेको छ। डीभिलियर्सले एकजना घरेलु अनि एकजना विदेशी खेलाड़ी चयन गरेका छन्, जसमाथि २२ मार्चदेखि शुरु हुने आईपीएलको १७औं सीजनमा सबैको नजर रहनेछ। आईपीएलको पहिलो म्याच शुक्रवार चेन्नई सुपर किंग्स र रोयल च्यालेञ्जर्स बेंगलोरबीच खेलिनेछ। यसअघि एबीडी-ले तीन नामहरूको खुलासा गरेका छन्। आफ्नो यूट्यूब च्यानलमा डीभिलियर्सले देशी (भारतका) खेलाड़ीको रूपमा ओपनिंग ब्याटर यशस्वी जयसवाललाई चयन गरेका छन्। प्रोटियाजलाई यस खेलाड़ीले यस साल आईपीएलमा ५००-६०० रन बनाउने आशा रहेको छ। उनले भने, एकजना खेलाड़ीलाई मैदानमा हेर्न म उत्सुक छु अनि उनको नाम हो यशस्वी जयसवाल। उनी के गर्न सक्षम छन् भन्ने टेस्ट प्रारूपमा देखाइसकेका छन्। अब टी२० क्रिकेटमा उनको वास्तविक प्रतिभा हेर्ने समय आएको छ। म यस खेलाड़ीबाट विध्वंशी ब्याटिंगको आशा गर्छु। मलाई उनले यस आईपीएलमा कम्तीमा ५०० रन बनाउने आशा छ। शायद ६०० भन्दा अधिक पनि हुन सक्छ। उल्लेखनीय छ, जयसवालले ईंग्ल्याण्ड विरुद्ध टेस्ट सीरीजमा २ वटा डबल सेञ्चुरीको साथ ८९.००-को औसतले ७१२ रन बनाएका थिए। उनले अहिलेसम्म ९ वटा टेस्टमा ६८.५३-को औसतले १०२८ रन बनाइसकेका छन्, जसमा ३ वटा शतक र ४ वटा अर्द्धशतक सामेल छ। आईपीएलको गत सीजनमा जयसवालले १४ वटा म्याचा ४८.०७-को औसतले ६२५ रन बनाएका थिए, जसमा एउटा शतक र ५ वटा अर्द्धशतक सामेल थियो। उनी गत सीजनमा पाँचौं सर्वाधिक रन बनाउने खेलाड़ी थिए।
यसरी डीभिलियर्सले विदेशी खेलाड़ीको रूपमा दक्षिण अफ्रिकाका विकेटकीपर-ब्याटर ट्रिस्टन स्टब्सको नाम लिएका छन्। उनले भने, दक्षिण अफ्रिका टी२० टुर्नामेण्टमा उनले आफ्नो क्षमता देखाएका छन्। उनी स्पिन आक्रमण विरुद्ध आरामसँग खेल्न सक्षम छन्। स्टब्स विकेटकीपर पनि हुन्। उल्लेखनीय छ, स्टब्सले यस साल दिल्ली क्यापिटल्स टीमको प्रतिनिधित्व गर्नेछन्, जसले उनलाई ५० लाख रुपियाँमा किनेको थियो। डीभिलियर्सले भने, पहिलो साल उनी सामान्य खराब फर्ममा थिए तर यस साल उनले फर्म हासिल गरेका छन्। उनी प्रतिभाशाली युवा खेलाड़ी हुन् अनि बललाई पूरा ताकतको साथ हिट गर्न सक्छन्। यसको साथमा उनी उपयोगी अफ् स्पिनर पनि हुन्। उनको प्रदर्शनमाथि पनि मेरो नजर रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *