एसडीएफ पार्टीको संसदीय बोर्ड गठन

IMG-20240313-WA0248.jpg

गान्तोक: आगामी महिना सम्पन्न हुने ११औँ विधानसभा चुनाउ तथा १८औँ लोकसभा चुनाउका निम्ति एसडीएफ पार्टीले आफ्नो पूर्ण तयारी गरेको छ। यसै तयारीको क्रममा चुनाउमा चुनावी प्रत्याशीको मनोनयनका निम्ति १९ सदस्यीय संसदीय बोर्डको गठन आज साँझ पार्टी अध्यक्ष पवन चामलिङको अध्यक्षतामा बसेको एक सभामा सर्वसम्मतिद्वारा गरिएको छ। एसडीएफ पार्टी संविधानको धारा 38 को प्रावधानका आधारमा निम्नअनुसार संसदीय बोर्ड भएको यस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।

समितिमा अध्यक्ष पवन चामलिङ , सदस्यहरुमा डीडी भोटिया, हिस्से लाचुङपा, केटी ग्याल्छेन, पीडी राई,

ओटी भोटिया, मनिता प्रधान, डीबी थापा, सोमनाथ पौड्याल, सोनाम ग्याछो लेप्चा, डा. निरू सेवा, सतीशमोहन प्रधान, मणीकुमार सुब्बा, भाइचुङ भोटिया, सकुन गुरुङ, रविन तामाङ, डा. सीबी छेत्री, रिग्जिङ नर्बु दोर्जी भोटिया, बन्दना शर्मा सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement