भ्रष्टाचारमा सामेल कसैलाई छोड्ने छैनौंः अभिषेक ब्यानर्जी

abhishek-final-1024x683.jpg

काेलकाता: उत्तर २४ परगना जिल्लाको सन्देशखालीमा भएको हिंसालाई लिएर तृणमूल कांग्रेसको आलोचनाबिच पार्टीका नेता अभिषेक ब्यानर्जीले बुधवार भने, पार्टीले गलत कामहरूमा सामेल कुनै पनि नेतालाई समर्थन गर्ने छैन।

सन्देशखाली छेउ बशीरहाटमा ऱ्यालीलाई सम्बोधित गर्दै ब्यानर्जीले शाहजहॉं शेख र शारदा समूहका चेयरम्यान सुदीप्तोलाई पुलिसले पक्राउ गरेको कुरा उल्लेख गरे। उनले भने, तृणमूलले कदाचारमा सामेल कुनै पनि नेतालाई कहिले बचाएको छैन।

तृणमूलका राष्ट्रिय महासचिवले भने, हामी कुनै पनि गलत कामको समर्थन गर्दैनौ। चाहे शाहजहॉं शेख होस वास शारदा समूहका चेयरम्यान सुदीप्तो किन नहोस्। सबैलाई पश्चिम बंगाल पुलिसले पक्राउ गरेको छ, कुनै केन्द्रिय एजेन्सी होइन।

About Author

Advertisement