एसकेएम पार्टीको विजय भवः जन सम्मेलन शुरू

n5931818481710923418448b7afaa4b5eaf3326ac12eedf0d4fe58e1321bc7a0736c49302212e587801a79a.jpg

पूर्व विधायक र पूर्व सचिवहरू एसकेएम पार्टीमा सामेल

देन्ताम: पश्चिम सिक्किमको मानेबुङ देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत देन्ताम खेल मैदानमा आज सत्तारूढ़ एसकेएम पार्टीको विजय भवः जन सम्मेलन शुरू भएको छ। यस कार्यक्रमका साथै एसकेएम पार्टीले राज्यमा आफ्नो चुनावी प्रचार अभियान पनि शुरू गरेको छ।

यस कार्यक्रममा राज्यका प्रतिष्ठित व्यक्तिहरू लगायत ठूलो संख्यामा मानिसहरू एसकेएम पार्टीमा सामेल भएका छन्। आज सामेल हुने व्यक्तिहरूमा एसकेएम पार्टीकी पूर्व कार्यकारी अध्यक्ष भारती शर्मा, पूर्व विधायक हेमेन्द्र अधिकारी, पूर्व विधायक गोपाल बराइली र पूर्व चेयरम्यान बिनोद बस्नेत पनि सामेल छन्।

यसरी नै पूर्व सचिव राजु बस्नेत र पूर्व सचिव छेवाङ ग्याछो भोटिया पनि एसकेएम पार्टीमा सामेल भएका छन्। पूर्व सचिव बस्नेत र पूर्व सचिव भोटियाले हालैमा आफ्नो नोकरीबाट राजीनामा दिएका थिए। मुख्यमन्त्री तथा एसकेएम पार्टीका अध्यक्ष पीएस तामाङले सबैलाई खादा लगाइदिएर पार्टीमा स्वागत जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *