दिनहाटा घटनामा आफू दोषी भेट्टाएको खण्डमा राजनीतिबाट सन्न्यास लिने मन्त्री उदयन गुहाकाे दावी

25175312-b54f-4c58-b3ad-8974f96b0343_1710925620447_1710925626973.jpg

काेचबिहार: तृणमूलले दिनहाटा थानामा केन्द्रीय गृह राज्य मन्त्री निशिथ प्रमाणिक लगायत ४५ जना विरुद्ध अभियोग दर्ता गरेको छ। यसको साथै मन्त्री उदयन गुहाले राज्यपाललाई काेचबिहार आएर घटनाबारे विस्तृत छानबीन गर्ने अनुरोध पनि गरेका छन्। आज बिहान मन्त्री उदयन गुहाले दिनहाटा सहरस्थित निजी आवासमा पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यपाललाई चुनौती दिएका छन्। तिनले राज्यपाललाई काेचबिहारमा आएर स्थानीय मानिस तथा दोकानदारहरूसित घटनाबारे कुराकानी गर्नुपर्ने निवेदन गरे। यस अवधि यदि आफू दोषी भेट्टाएको खण्डमा अहिले नै मन्त्रालय छोडेर राजनीतिबाट सन्न्यास लिने तिनले दावी गरेका छन्।

About Author

Advertisement