घरबाट बिहान निस्किएका वृद्धा पिता बेपत्ता, परिवारका सदस्यहरू चिन्तित

Bhaiyaram

कालचिनी: कालचिनी थानाअन्तर्गत दक्षीण मेन्दाबारी बस्ती निवासी एकजना वृद्धा भैयाराम उराँव उमेर ७५ बर्ष सोमबार बिहानदेखि निखोज भएको छ। सोमबार दिनभरि खोजी गर्दा पनि कतै कुनै पतो नचलेपछि निखोज वृद्धाको छोरी शिलान्त्री उराँवले आज कालचिनी थानामा आएर निखोज प्राथमिकी दर्ता गरेकी छन्।

वृद्धा पिताको कतै पनि पतो नचलेकोले आज कालचिनी थानामा निखोज पितालाई खोजी निकालिदिने निवेदन गरेको छोरी शीलान्त्री उराँवले जनाएकी छन्। निखोज पिताको शारीरिक अनि मानसिक अवस्था सबै ठीकठाक रहेको तर गत केही दिन अघिदेखि नै मनमा अशान्त भईरहेको बताउँदै आईरहेको र आइतबार बजार जाने कुरा गरेको तर तिनी बजार पनि नगएको घरमा राम्रै सुतेको अनि सोमबार बिहान ५ बजे उठेर घरबाट घुम्न भनि निस्किएको तर रातीसम्म पनि फर्किएर नआईपुग्दा आज पिता निखोज भएको प्राथमिकी दर्ता गरेको छोरी शीलान्त्री उराँवले जनाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement