खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभ्यु अम्बटे समष्टिको चुनावी सांगठनिक सभा खरसाङ खण्ड अन्तर्गत गाडीधुरा सार्वजनिक भवनमा समष्टि कार्यकारी सभासद कल्पना प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभामा खरसाङ महुकमा चुनाव प्रभारी बिन्नी शर्माको विशेष उपस्थिति रहेको थियो।
समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई समष्टि कार्यकारी सभासद कल्पना प्रधान, भागोप्रमो केन्द्रीय समिति सांगठनिक सचिव साथै खरसाङ महुकमा समिति चुनाव प्रभारी बिन्नी शर्मा, खरसाङ महुकमा समिति सचिव साथै मनोनीत सभासद प्रणाम रसाईली, समष्टि युवा शक्ति सभापति तुसार राई, समिति सदस्य मौसम लामा आदिले सभालाई सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै खरसाङ महुकमा समिति चुनाव प्रभारी बिन्नी शर्माले आगामी लोक सभा चुनावमा बीजिपी मुक्त पहाड़ बनाउने अह्वान गरे। बीजेपी पार्टीले क्षेत्रीय दलहरूलाई मासेर यहाँको माग नै सधैको निम्ति मास्ने प्रयास गरेको पनि उनले जनाए। विगत १५ वर्ष बीजेपी पार्टीले पहाडमा केवल छलको राजनीतिको गरेको र यसपाली यस ठाउँको राजनीति अन्त्य हुने उनले जनाए। समष्टि कार्यकारी सभासद कल्पना प्रधान आगामी लोकसभा चुनावको प्रार्थी गोपाल लामा स्वच्छ छवी व्यक्ति जनाइन्। उनले हामीलाई राज्य सरकारले लक्ष्मी भण्डार कन्याश्री, रुपाश्री, स्वस्थ्य साथी, द्वारे सरकार, विद्यार्थी क्रेडिड कार्ड आदि सहुलियतहरू दिएर धेरै सहयोग गरेको जनाइन्। बीजेपी सरकारले भारत देशको धेरै जटिल समस्याहरूको समाधान गरे तापनि गोर्खा जातिको निम्ति केही नगरेको जनाइन्। विगत १५ वर्षदेखि पहाडको निम्ति केही नगरेको पनि उनले जनाइन्। सभामा मनोनीत सभासद प्रणाम रसाईलीले आफ्नो सम्बोधनमा समष्टिको कतिपय बुथहरूमा धेरै कार्य गर्न पर्ने जनाए। आगामी चुनावमा बुथ कमिटी पञ्चायत उप-प्रधान पञ्चायत सदस्य सबैले तालमेल मिलाएर संगठनको निम्ति कार्य गरिदिने अनुरोध गरे। आगामी लोकसभा चुनावमा समष्टि कमिटी गठन गरिएको पनि उनले आफ्नो सम्बोधनमा जनाए। आज सम्पन्न सभामा समष्टि नारी शक्ति गठन गरियो। पार्टी अध्यक्ष अनित थापाको आदेश बमोजिम अघिबाट नै कार्यकारी सभासद कल्पना प्रधानलाई समष्टिको सभापतिको पदमा छनौट गरिएको थियो भने आज सम्पन्न सभामा सचिव अनिला राई पदमा चयन गरियो। आज सम्पन्न सभामा खरसाङ महुकमा समिति उप-सभापति अमृत छेत्री, प्रवक्ता अनुप रामुदामु, महुकमा समिति सांगठनिक सचिव सुबोध लामा, महुकमा समिति सदस्य मिलन रसाईली, गजेन प्रधान,समष्टि सह-सचिव कुनाल छेत्री, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, समिति सदस्य मौसम लामा, साथै समष्टि अन्तर्गत रहेको ग्राम पञ्चायत प्रधान, उप-प्रधान, पञ्चायत सदस्यगण, खण्ड समिति अध्यक्ष, सचिव साथै पार्टी कार्यकर्ताहरू उपस्थित रहेको थिए।