अब हामीले बीजेपी मुक्त पहाड बनाउनुपर्छ: बिन्नी शर्मा

IMG-20240319-WA0227.jpg

खरसाङ: यसपल्टको लोकसभा चुनाउमा सबैले मिलेर बीजेपीलाई हराएर बीजेपीमुक्त पहाड बनाउनुपर्छ भन्ने आह्वान् भागोप्रमो केन्द्रिय समिति सांगठनिक सचिव तथा खरसाङका चुनाउ प्रभारी बिन्नी शर्माले गरेका हुन्। उनले बीजापीले विगत पन्ध्र वर्षमा पहाडलाई केही नदिएको अभियोग लगाउँदै अब पहाडवासी सचेत भइसकेको औ सचेत भएर यसपल्ट भोट दिने जनाए। आज पंखाबारी-अम्बटे-लङ्भ्यू समष्टिको गाडीधुरा सार्वजनिक भवनमा आयोजित सभालाई सम्बोधन गर्दै शर्माले अनित थापाले कहिले पनि झूटो बोलेर राजनीति नगरेको तर बीजेपीले भने विगत पन्ध्र वर्षदेखि गोर्खाहरूसँग झूट बोलेर राजनीति गरिरहेको जनाए। उनले विगतमा पहाडका नेताहरूले पनि झूटो मुद्दालाई देखाएर जनताको भावनासँग खेलेको जनाउँदै अहिले फेरि ती नेताहरू नै सक्रिय बन्न खोजिरहेको जनाए। शर्माले आगामी चुनाउको निम्ति प्रत्येक बुथलाई सक्रिय पार्ने औ चुनाउको निम्ति पूर्ण तयारी गर्ने आग्रह गरे।

About Author

Advertisement