गार्डनरीच भवन दुर्घटनामा प्राण गुमाउनेहरूको संख्या बढ़ेर नौ पुग्यो

pro.jpg

काेलकाता: महानगर कोलकाताको गार्डनरीच क्षेत्रस्थित एक निर्माणाधिन पाँच तले भवन भत्किएको कारण त्यसको अवशेषभित्र पुरिएर प्राण गुमाउनेहरूको संख्या नौ पुगेको छ। यस दुर्घटनामा सातजना मानिस रातीसहरूको मृत्यु भएको पुष्टि गए सोमवार रातीसम्म भएको थियो भने थप दुईजनाको पनि राती नै अस्पतालमा मृत्यु भएपछि मृतकहरूको संख्या नौ पुगेको छ। हाल मृतकहरूको परिचय खुलासा गरिएको छैन।

उल्लेखनीय छ, गत आतवार आधा राती निर्माणाधिन भवन भत्किएर नजिकैको आवासीय बस्तीमा झरेको थियो जसमा २१ जना मानिसहरू पुरिएका थिए। नौजनाको मृत्यु भएपछि अब रहेका १२ जनाको उपचार कोलकाताको एसएसकेएम अस्पतालमा ऊइरहेको छ। यीमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ।

मुख्यमन्त्री ममता ब्यनर्जीले घटनास्थलको भ्रमण गरी पीड़ित परिवार अनि घाइतेहरूलाई आर्थिक सहयोग गर्ने घोषणा गरेकी थिइन्। मेयर फिरहाद हाकिमले घोषणा गरेका थिए, मृतकहरूका परिवारलाई पाँच-पाँच लाख रुपियाँ अनि घाइतेहरूलाई एक-एक लाख रुपियाँ क्षतिपूर्ति राशि प्रदान गरिनेछ। आदर्श चुनाउ आचार संहिता लागू भएको कारणले भारतीय जनता पार्टीले उक्त क्षतिपूर्तिको घोषणालाई लिएर प्रश्न उठाउँदै चुनाउ आयोग समक्ष सिकायत गर्ने चेताउनी दिएको छ।

विपझका नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले भनेका छन्, फिरहात हाकिमको क्षेत्रमा भवन भत्किएको छ। उनलाई यी सबै अवैध निर्माणको बारेमा जानकारी थियो र रुपियाँ असुल्ने गर्दथे। अब अहिले आफ्नो अनुहारलाई बचाउनको लागि राहत अनि बचाउ कार्यको भीडियो बनाएर मीडियामा दिरहेका छन्। उनले हकिमविरूद्ध कारबाही गर्नुपर्ने माग समेत गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *