बन्द राष्ट्रिय राजमार्ग १०-मा पैह्रो हटाएपछि साना वाहनहरूको चलाचल शुरू

IMG_20220802_193026.jpg

सिलगढी: गत राति परेको वर्षाले गर्दा राष्ट्रिय राजमार्ग १० अन्तर्गत पर्ने विभिन्न ठाउँहरूमा पैह्रो गएर आज बिहानैदेखि बाटो बन्द भएको थियो। तथापि, सम्बन्धित विभागमार्फत् बाटोको सफाई गर्ने कार्य बिहानैदेखि लगातार जारी रहेकोले भर्खरै २१ माइलको सडक खोलिएपछि केवल साना वाहनहरूको आवत-जावत शुरू भएको छ। विशेष गरेर लोहापुल बिरिक डाँडा छेउ २१ माइलको पैह्रोमा माथिबाट ठुलो पैह्रो धस्केर भरेको छ भने बिहानदेखि नै पैह्रो सोर्ने काम भइरहेको छ।

About Author

Advertisement