श्री काशी विश्वनाथ धाममा आइतबार ५ लाखभन्दा बढी शिवभक्तले दर्शन गरे

IMG-20240318-WA0268

वाराणसी: श्री काशी विश्वनाथ धामले आफ्नै रेकर्ड तोडेको छ। साउन वा शिवरात्रि लगायतका चाडपर्वमा दर्शनका लागि यहाँ लाखौं भक्तजनको भिड लाग्ने भएपनि आइतबार (१७ मार्च) जस्ता सामान्य दिनमा पनि पाँच लाखभन्दा बढी शिवभक्त यहाँ आउने गर्दछन्। यो संख्या सामान्यतया विशेष चाडपर्वमा आउने पर्यटकको संख्या बराबर हुन्छ। १३ दिसम्बर २०२१ मा प्रधानमन्त्रीद्वारा समर्पित भएपछि श्री काशी विश्वनाथ धामले नयाँ कीर्तिमान बनाइरहेको छ। काशीपुराधिपति देवाधिदेव महादेवको दर्शन गर्न भक्तजनको घुइँचो लागेको छ। काशीमा दर्शनका लागि भक्तजनलाई योगी सरकारले सबै सुविधा दिइरहेको छ।

नयाँ तथा भव्य श्रीकाशी विश्वनाथ धाम मन्दिरमा सुविधा र सुरक्षाका कारण काशीमा दर्शनार्थीको चाप बढ्दै गएको छ। काशी विश्वनाथ मन्दिर परिसरलाई करिब तीन हजार स्क्वायर फिटबाट करिब पाँच लाख स्क्वायर फिटको विशाल क्षेत्रफलमा परिणत गरेपछि सनातन दर्शनका लागि धाममा घुइँचो लागेको छ। श्री काशी विश्वनाथ मन्दिर ट्रस्टका प्रमुख कार्यकारी अधिकृत विश्व भूषण मिश्रले १७ मार्चमा सामान्य दिन (चाडपर्व बाहेक) सबैभन्दा धेरै दैनिक दर्शनार्थी आउने नयाँ कीर्तिमान कायम भएको बताए। यस दिन कुल ५ लाख ३ हजार २४ दर्शनार्थीले महादेवको दर्शन गरेका थिए। करिडोर उद्घाटन हुनुअघि सामान्य दिनमा २० देखि ३० हजार भक्तजन आउने गरेको उनले उद्घाटन गरेपछि भक्तजनको संख्या डेढ लाखदेखि २ लाख पुगेको बताए। साउन र शिवरात्रिमा सबैभन्दा बढी भक्तजन आउने गरेको प्रमुख कार्यकारी अधिकृतले बताएl तर सामान्य दिनमा एकै दिन (आइतबार १७ मार्च) पाँच लाख नाघेका शिवभक्तकोसंख्या पहिलोपटक देखिएको हो। ट्राभल एजेन्ट एसोसिएसन अफ इण्डिया (टीएएआई) उत्तर प्रदेश र उत्तराखण्डका सचिव प्रदीप रायले अयोध्या र काशीको दुईतर्फी सर्किटमा पर्यटकले बढी चासो लिएको बताए। दुवै धार्मिक सहरमा सप्ताहन्तमा सबैभन्दा बढी पर्यटक आउने गरेका छन्।

 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement