सिलगढी: बालिकालाई जबरजस्ती गर्ने प्रयास गरेको आरोपमा पुलिसले एक जनालाई पक्राउ गरेको छ। आरोपीको नाम शंकर पाल (४८) हो । उनी सिलगढी नगरपालिकाको वार्ड नम्बर ४० अन्तर्गत गौरांगोपल्लीका बासिन्दा हुन्। १६ मार्चको दिन शंकर पालले १३ वर्षीया नाबालिगलाई घरमा एक्लै पाएर बलात्कारको प्रयास गरेको जानकारी प्राप्त भएको छ। तर नाबालिका त्यहाँबाट जोगियो। यसपछि परिवार घर आएपछि नाबालिगले सबै घटना बताए। त्यसपछि परिवारका सदस्यले भक्तिनगर थानामा यस घटनाबारे लिखित उजुरी दिएका थिए। यसैबीच उजुरीका आधारमा भक्तिनगर पुलिसले अभियुक्त शंकर पाललाई हिजो घरबाटै पक्राउ गरेको छ ।आरोपीलाई आज जलपाईगुडी अदालतमा पेश गरियो।









