दार्जीलिङ: यसपालीको लोकसभा चुनावमा दार्जिलिङ संसदीय क्षेत्रमा जम्मा १,७५३,६९९ मतदाताहरु रहेको जानकारी दार्जिलिङ जिल्ला प्रशासनबाट प्राप्त भएको छ।
१८औं लोकसभा चुनावमा दार्जीलिङ लोकसभा समष्टिबाट १९९९ मतदान केन्द्रहरुमा १,७५३,६९९ मतदाताहरुले मतदान गर्ने भएको छ जसमा ८७८,१४८ पुरुष मतदाताहरु अनि ८७५,५५० जना महिला मतदाताहरु अनि ४३ तेस्रो लिङ्गी मतदाताहरु छन्। १९९९ मतदान केन्द्रहरुमा शहरी क्षेत्रमा ४१० वटा मतदान केन्द्रहरु अनि ग्रामीण क्षेत्रमा १५८९ वटा मतदान केन्द्रहरु रहेको दार्जीलिङ जिल्ला निर्वाचन अधिकारी तथा जिल्ला प्रशासक डाक्टर प्रिती गोयल, आइएएसले बताएकी छन्। आगामी लोकसभा चुनावबारे दार्जीलिङ जिल्ला निर्वाचन अधिकारी तथा जिल्ला प्रशासक डाक्टर प्रिती गोयल, आईएएसले पत्रकाररुसित सम्बोधन गर्दै भनेका छन्- चुनावको दोस्रो चरणमा २६ अप्रेल शुक्रबारको दिन दार्जीलिङ लोकसभा समष्टिमा चुनाव हुनेछ। ४ दार्जीलिङ लोकसभा समष्टिको तालिका-२ अनुसार आगामी २८ मार्चको दिन चुनाव अधिसूचना जारी गरिनेछ। त्यसै दिनदेखि नै नामाङकन पत्र बुझाउने मिति पनि आरम्भ हुनेछ अनि नामाङ्न-पत्र बुझाउने अन्तिम दिन आगामी ४ अप्रेलको दिन रहेको छ। नामाङ्कन पत्र जाँच मिति आगामी ५ अप्रेलको दिन रहेको छ। नामाङ्कन पत्र फिर्ता लिने मिति आगामी ८ अप्रेलको दिन रहेको छ अनि दार्जीलिङ लोकसभा समष्टिमा आगामी २६ अप्रेल शुक्रबारको दिन हुनेछ। मतगणना आगामी ४ जूनको दिन हुनेछ। दार्जीलिङ लोकसभा समष्टिको सबैभन्दा दुरीमा रहेको मतदान केन्द्र पी-२, डाडा गाउँ जुनियर हाई स्कुल, रमाम फरेष्ट प्राइमरी स्कूल अनि समानदेन फरेष्ट प्राइमरी स्कूलमा रहेको मतदान केन्द्रमा चुनाव कर्मीहरु चुनाव मितिको दुई दिन अघि नै २४ अप्रेलको दिन दार्जीलिङबाट प्रस्थान गर्नेछन्। अन्य चुनाव कर्मीहरु चुनावको एक दिन अघि २५ अप्रेलको दिन दार्जीलिङबाट प्रस्थान गर्नेछन्। स्ट्रङ रूम तथा मतगणना स्थान दार्जीलिङको दार्जीलिङ सरकारी महाविद्यालय रहनेछ। सिलगढीको मतगणना सिलगढी महाविद्यालयमा अनि कालेबुङको कलेबुङमा हुनेछ।









