डब्ल्यूपीएल-को दोस्रो सीजनमा आरसीबी च्याम्पियन

IMG-20240318-WA0174.jpg

नयाँ दिल्ली: स्मृति मन्धनाकी अगुवाईमा रहने रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-ले आइतवार राति यहाँ खेलिएको फाइनलमा दिल्ली क्यापिटल्स (डीसी)-लाई ३ बल बाँकी रहँदै ८ विकेटले पराजित गरी महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-को दोस्रो सीजनको खिताब जित्यो। दिल्ली क्यापिटल्सको टीमले असल शुरुवात गरे पनि आरसीबी-का स्पिनरहरू विरुद्ध डटेर खेल्न नसक्दा यस साल पनि खिताब जित्न सकेन। गत वर्ष यस महिला टी२० लीगको फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स विरुद्ध हारको सामना गर्नु परेको थियो। यसरी आरसीबी-को यो पहिलो फाइनल म्याच थियो अनि टीमले धीमा शुरुवातपछि दबाउको सामना गर्दै अन्तमा म्याच जित्यो। अरुण जेटली स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सको टीम ८.३ ओभरमा केवल ११३ रन बनाएर अलआउट भयो। दिल्लीको टीमले असल शुरुवातको फाइदा उठाउन सकेन कारण एक समय टीमको स्कोर ७ ओभरमा ६४ रन रहेको थियो। त्यसपछि चाहिँ टीमले केवल २३ रन भित्र ७ विकेट गुमायो।

दुईजना ओपनर शेफाली वर्मा र कप्तान मेग लेनिंग (२३)-लाई छोड़ेर अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकिनन्। शेफालीले ३ वटा छक्का र २ वटा चौकाको साथ २७ बलमा ४४ रन बनाइन्। आरसीबी-की बलरहरूमा श्रेयंका पाटिलले सर्वाधिक ४ विकेट प्राप्त गरिन्। यसबाहेक सोफी मोलिनूले ३ र आशा शोभनाले २ विकेट हासिल गरिन्। जवाफमा आरसीबी-ले १९.३ ओभरमा २ विकेटमा ११५ रन बनाएर म्याच जित्यो। अलराउण्डर एलिस पेरीले अविजित ३५ रन बनाइन्। उनले ३७ बल खेलेर ४ वटा चौका लगाइन्। यसबाहेक सोफी डिवाइनले ३२, कप्तान स्मृति मन्धनाले ३१ र रिचा घोषले अविजित १७ रनको योगदान दिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *