नक्सलबारी: दार्जिलिङ लोकसभा सिटबाट तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले आज बिहानैदेखि चुनावी अभियान शुरु गरेका छन्। उनले आज नक्सलबारीका कारगिल शहीद परिवारको धार्मिक अनुष्ठानमा सहभागी भएर चुनावी अभियान शुरु गरेका हुन्। आज गोपाल लामा र सिलगढी महकुमा परिषद्का अध्यक्ष अरुण घोषले मन्दिरमा पूजा गरे र ताराबारी क्षेत्रमा पैदल यात्रा गरे। क्षेत्रका मानिसहरूसँग कुरा गर्नुका साथै उनले तृणमूल कांग्रेसका पूर्व नेता अमर सिन्हाको घर पनि गएका थिए।नक्सलबारीबाहेक माटिगारा र बागडोग्रामा पनि उनले कार्यकर्ता भेला गरे। गोपाल लामाले समर्थकलाई भेट्न आएको बताए। आम जनताको उत्साह देख्दा राम्रो लाग्छ। उनले जितका लागि शतप्रतिशत आशावादी रहेको बताए।










