तीनधारे चियाबारीमा पैह्रो

IMG-20220802-WA0143.jpg

क्षेत्रीय सभासद नवराज छेत्रीको पहलमा जेसीबी लगाएर पैह्रो सफा गर्ने कार्य सम्पन्न

खरसाङ: अविरल परिरहेको पानीले गर्दा आज बिहान तीनधारे चियाबारीमा गएको पैह्रो क्षेत्रीय सभासद नवराज छेत्रीको पहलमा खोलाउने कार्य गरिएको छ। तीनधारेदेखि ओह्रालो तीनधारे चियाबारीको कारखाना पुग्ने रोडमा पैह्रो गएपछि तीनधारे चियाबारीलाई धेरै असुविधा उत्पन्न भएको थियो। उक्त पैह्रोले गर्दा तीनधारे चियाबारीको कारखानामा सर सामानहरू लानु क ल्याउनु साथै तयार भएको सामानहरू बजार व्यवस्थापनको लागि समस्या भएको थियो। यसै समस्यालाई ध्यानमा राखेर तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पहल र सक्रियतामा तीनधारे चियाबारीमा गएको पैह्रोलाई जेसीबी लगाएर पैह्रो हटाउने कार्य सम्पन्न गरिएको तीनधारे चियाबारीको सह प्रबन्धक सुकुमार बराईलीले बताएका छन्। उनले बताए अनुसार तीनधारे चियाबारीको कारखाना पुग्ने रोडमा बिहान ६.३० बजेतिर पैह्रो गएपछि रोड पूरै बन्द भएको र यदि पैह्रो गएको समय काममा जाने श्रमिकहरू भएको भए ठूलो दुर्घटना हुन सक्ने सम्भावना थियो तर पैह्रो गएको समय केही पनि नभएको बताएका छन्। यद्यपि पैह्रोले कारखाना जाने रोड बन्द भएपछि धेरै असुविधा भईरहेको बताउँदै पैह्रो गएको तत्कालै क्षेत्रीय सभासद नवराज छेत्रीलाई सूचित गरेपछि सभासद नवराज छेत्रीको पहल र सक्रियतामा तुरुन्तै जेसीबी पठाएर पैह्रो सफा गर्ने कार्य सम्पन्न गरिएको बताएका छन्। यसरी जेसीबी लगाएर पैह्रो सफा गर्ने कार्य गरिदिएकोमा क्षेत्रीय सभासद नवराज छेत्री र जीटीए चिफ् अनित थापाप्रति आभार प्रकट गरेका छन्। तीनधारे चियाबारीको सह प्रबन्धक सुकुमार बराईलीले तीनधारे चियाबारीको कच्चा रोड चाढ़ै पक्का कालो सड़क बनाईदिने पनि क्षेत्रीय सभासद नवराज छेत्री र जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा समक्ष अनुरोध पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *