महानदीदेखि सिविटार चियाबारी जाने रोडमा पैह्रो

photocollage_202282185946631.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदीदेखि सिविटार जाने सड़कमा लगातार परिरहेको पानीले गर्दा आज बिहान पैह्रो गएको छ। महानदीदेखि केही सिविटार चियाबारीको छ नम्बर क्षेत्रमा रहेको सड़कमा पैह्रो गएको छ। पैह्रोले बिहान सड़क वाधित बनेपनि दिउँसो नै गाडी कुद्न सक्ने बनाइएको छ। यसको साथै दिउँसो पैह्रो क्षेत्रमा तारपोलिनहरू लगाउने कार्य सम्पन्न गरिएको छ। योभन्दा केही दिन अघि पनि एनएच ५५ अन्तर्गत महानदीमा पैह्रो गएर सिविटार जाने रोड वाधित बनेके थियो। उक्त पैह्रो मरमत्ति नगरी नै अर्को पैह्रो पुन: सिविटार जाने रोडमा नै गएको छ। पैह्रोले रोड बन्द नभएपनि यस्तै लगातार परिरहेको खण्डमा रोड पैह्रोले लाने सम्भावना बेसी देखिएको छ। महानदीदेखि सिविटार जाने सड़कमा गएको दुवै पैह्रो झट्टै मरमत्ति कार्य गर्नु पर्ने देखिएको छ। पैह्रो मरमत्ति नगरे यसरी नै पानी परिहेको खण्डमा रोड पैह्रोले क्षतिग्रस्त बनाएर बन्द हुन सक्ने सम्भावना देखिएको छ।

About Author

Advertisement