आईपीएलमा हार्दिक पाण्ड्याको कमी अनुभव हुने स्वीकार गरे प्रशिक्षक नेहराले

IMG-20240317-WA0153.jpg

अहमदाबाद: गुजरात टाइटन्सका मुख्य प्रशिक्षक आशिष नेहराले बताएअनुसार, उनले हार्दिक पाण्ड्यालाई मुम्बई इण्डियन्समा नफर्किनको निम्ति मनाउने प्रयास गरेनन्। यसको साथमा उनले २२ मार्चदेखि शुरु हुने इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४ सीजनमा यस अलराउण्डरको कमी अनुभव हुने पनि स्वीकार गरे। गुजरात टाइटन्सले हार्दिकको अगुवाईमा आफ्नो पदार्पण सालमै आईपीएल खिताब जितेको थियो जबकि गत साल पनि टीमले फाइनलमा स्थान बनाएको थियो। यस सीजनमा चाहिँ हार्दिक मुम्बई इण्डियन्समा फर्किएका छन् अनि टीमको कप्तान नियुक्त भएका छन्। नेहराले भने, कसैले पनि खेलमा अघि बढ़्नु पर्छ। हार्दिक पाण्ड्या र (चोटग्रस्त) मोहम्मद शमी जस्ता अनुभवी खेलाड़ीहरूका स्थान भर्नु सजिलो हुँदैन। जे भए पनि यसबाट शिक्षा प्राप्त हुन्छ अनि एउटा टीमको रूपमा तपाईं अघि बढ़्नु पर्छ।
नेहराले भने, मैले हार्दिकलाई टीममा कायम रहन फकाउने प्रयास गरिनँ। तपाईंले यस खेलमा समयको साथ अनुभव हासिल गर्नु हुन्छ। उनले यहाँ २ सालसम्म खेले तर उनी त्यस टीममा फर्किरहेका छन्, जहाँ उनले ५-६ साल खेलेका थिए। उल्लेखनीय छ, हार्दिकले टीम छोड़ेपछि युवा शुभमन गिललाई गुजरात टाइटन्स टीमको कप्तान नियुक्त गरिएको छ। टीममा धेरैजना सीनियर खेलाड़ीहरूका उपस्थितिबीच गिललाई कप्तानको रूपमा उनी कसरी हेर्छन् भनी प्रश्न गरिँदा नेहराले भने, एकजना कप्तानको रूपमा गिलको प्रदर्शनलाई म मात्र नभएर पूरा देशले नै हेर्न चाहन्छ कारण उनी स्तरीय खेलाड़ी हुन्। उनी तीनैवटा प्रारूपमा खेल्न अनि असल प्रदर्शन गर्न चाहन्छन्। यसैकारण एउटा फ्रेञ्चाइजीको रूपमा हामी उनलाई एकजना कप्तान भन्दा पनि एकजना असल मानिसको रूपमा विकसित गर्न चाहन्छौं। कप्तानी त समयकै साथ सिक्दै जानेछन्। नेहराले यस सन्दर्भमा हार्दिकको उदाहरण दिए, जसलाई २०२२-मा कप्तानको रूपमा टीममा सामेल गरिएको थियो। उनले भने, हार्दिकले गुजरात टाइटन्समा सामेल हुन अघि कुनै टीमको कप्तानी गरेका थिएनन्। आईपीएलमा १० वटा टीमले हिस्सा लिन्छ अनि तपाईंले एकाधिक नयाँ कप्तान देख्न पाउनु हुनेछ। श्रेयस अय्यरदेखि लिएर नितीश राणाले पनि कलकत्ता नाइट राइडर्सको कप्तानी गरिसकेका छन्। अब कप्तानको रूपमा कुन खेलाड़ी अघि बढ़्नेछन् भन्ने हेर्नु रोचक हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *