सिक्किम भाजपा एकाईद्वारा नयाँ राज्य प्रवक्ता र अन्य प्रमुख नियुक्तिहरूको घोषणा

Sikkim-2

गान्तोक: पासङ गेले शेर्पालाई सिक्किम भाजपा एकाईको राज्य प्रवक्ताको रूपमा नियुक्त गरिएको छ। योसँगै बौद्धिक सेलको प्रदेश सहसंयोजकमा सोनम ग्यात्सो शेर्पा नियुक्त भएका छन्। यसबाहेक, साङ्गे ग्यात्सो भुटियालाई एसटी मोर्चाको उपाध्यक्षको जिम्मेवारी दिइएको छ। यसैबीच, भर्खरै भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका गिरीशचन्द्र राईलाई सिक्किमको राज्य कार्यकारिणीमा विशेष आमन्त्रितको रूपमा नाम दिइएको छ। यो घोषणा तत्काल प्रभावबाट गरिएको हो। यसअघि मन्त्री भइसकेका राईलाई नाम्ची जिल्लाको मेल्ली निर्वाचन क्षेत्र इन्चार्जको रुपमा पनि थप जिम्मेवारी दिइएको छ। एक पत्रमा प्रदेश भाजपा अध्यक्ष डीआर थापाले लेखेका छन्, ‘भारतीय जनता पार्टी, सिक्किमले तत्काल प्रभावबाट गिरीश चन्द्र राई (पूर्वमन्त्री) लाई राज्य कार्यकारिणीमा विशेष आमन्त्रित नियुक्त गर्न पाउँदा खुशी लागेको छl’ नाम्ची जिल्ला अन्तर्गत मल्ली निर्वाचन क्षेत्र इन्चार्जको अतिरिक्त जिम्मेवारी दिएको छ। ‘हामी उहाँलाई उहाँको नयाँ कार्यभार र जिम्मेवारीहरूको लागि बधाई दिन्छौं र उहाँको आगामी प्रयासहरूमा सफलताको कामना गर्दछौं’, उनले भने।

About Author

Advertisement