गान्तोक। राज्य सरकारद्वारा शुरू गरिएको आँगनमा प्रशासन कार्यक्रम अन्तर्गत नवनिर्मित जिल्ला पाकिमका जिल्लापाल टाशी छोपेल, अतिरिक्त जिल्लापाल, डीएफओ टेरिटोरियल,खण्ड विकास अधिकारीले हिजो लाटुकबडापाथिङ ग्राम पञ्चायत यूनिटको निरीक्षण गरे। निरीक्षणको क्रममा टोलीले उक्त जीपीयूमा सरकारी कामहरू कतिको सक्रियरूपमा हुँदैछ भन्नेबारेमा जानकारी लियो। यस अवसरमा जिल्लापालले बडापाथिङका पञ्चायत साथै आममानिसहरूसँग विभिन्न विषयमा अन्तक्रिया गर्दै समस्या र गुनासोबारे जायजा लिए। अन्तक्रियाको क्रममा पञ्चायत अध्यक्ष के.बी. क्षेत्रीले विद्यालयको पूर्वाधारको मर्मत सम्भार, गाउँ सामुदायिक केन्द्र निर्माण, सडक कार्पेटिङ आदिको समस्या रहेको जनाए।