इजिप्टको जमिनमुनि भेटियो ४५०० पुरानो प्राचीन ‘सूर्य मन्दिर’

4500-year-old-Sun-Temple-Egypt-1-1

पुरातत्व विभागले इजिप्टको राजधानी कायरोमा एउटा सूर्य मन्दिर फेला पारेको छ। यो मन्दिर करिब ४५०० वर्ष पुरानो रहेको बताइएको छ। यसको केही भाग भत्काएर प्राचीन इजिप्टको पाँचौं राज्यका छैटौं राजाले आफ्नो मन्दिर बनाएका थिए। तर अहिले पुरातत्व विभागले यस मन्दिरको केही भाग फेला पारेको दाबी गरेको छ। पुरातत्व विभागले इजिप्टमा अर्को पुरानो सूर्य मन्दिर फेला पारेको छ। यो ४५०० वर्ष पुरानो मानिन्छ। अवशेषहरू हेर्दा कच्चा इँटाले बनेको यो भवन प्राचीन इजिप्टको पाँचौं साम्राज्य (२४६५ देखि २३२३ ईसापूर्व) को हुनसक्ने ‘सूर्य मन्दिर’ हो भन्ने अनुमान गरिएको छ। यसअघि गत वर्ष पनि इजिप्टमा सूर्य मन्दिरको अवशेष भेटिएको थियो। इजिप्टमा इटाली र पोल्याण्डले संयुक्त खोज अभियान चलाइराखेको छ। इजिप्टको पुरातात्विक वस्तु तथा पर्यटन मन्त्रालयले ३० जुलाईमा इन्स्टाग्राममा यो खोजको घोषणा गरेको हो। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो संयुक्त इटालियन–पोलीस पुरातत्व मिसन हो। जुन राजा न्युसेरेको मन्दिरमा काम गरिरहेको छ। यस मन्दिरको मुनि कच्चा इँटाले बनेको भवनको अवशेष भेटिएको छ। जुन राजा न्युसेरेको मन्दिरमा काम गरिरहेको छ। यस मन्दिरको मुनि कच्चा इँटाले बनेको भवनको अवशेष भेटिएको छ। यो मन्दिर इजिप्टको राजधानी कायरोको दक्षिणी भागमा रहेको अबुसिर क्षेत्रबाट फेला परेको हो। यो राजा न्युसेरेको मन्दिरअन्तर्गत थियो। मन्त्रालयद्वारा थप भनिएको छ, ‘यो भवन पाँचौं अधिराज्यको हराएको सूर्यका चारवटा मन्दिरमध्ये एक हुनसक्छ जसको धेरै ऐतिहासिक पुस्तकमा उल्लेख छ। मन्दिरको भवनका केही भाग पाँचौं साम्राज्यका छैटौं शासक फेरोहले आफ्नो शासनकालमा भत्काएको मन्त्रालयबाट बताइएको छ। ताकि उसले त्यहाँ आफ्नो मन्दिर बनाउन सकोस्।

अनुसन्धानका क्रममा पुरातत्व विभागका मानिसहरूले भवन भित्रबाट केही माटोका भाँडा र बियरका गिलास पनि फेला पारेका छन्, जसले उनीहरुको अनुसन्धानमा सहयोग पुग्नेछ। जमिनभित्रबाट केही छापहरू पनि भेटिएका छन्, जसमा पाँचौँ साम्राज्यका राजाहरूको नाम लेखिएको छ। तस्वीरमा मन्त्रालयले पुरातत्व विभागले काम गरिरहेको ठाउँ पनि देखाएको छ। भगवान राको पहिलो सूर्य मन्दिर १९औं शताब्दीमा फेला परेको थियो। त्यसैले यो एक महत्त्वपूर्ण खोज पनि मानिन्छ जसले इतिहासकारहरूलाई इजिप्टको पुरानो इतिहास बुझ्न मद्दत गर्नसक्छ। देशमा रहेका यी ६ वा ७ मन्दिरमध्ये अहिलेसम्म दुईवटा मात्रै फेला परेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *