डाक मतपत्र फारम आदन प्रदानबारे कार्यक्रम सम्पन्न

n5921927321710606437704b888d363a94699b548e1ab2ee806619d61ab6a51f80eda2c0bd79b741b3740f1.jpg

गान्तोक: सिक्किमको चुनावी प्रक्रिया अनुसार आज राज्य स्तरीय विनिमय केन्द्रमा जिल्लाहरूको डाक मतपत्रको फारम १२ को आदान प्रदान गरियो। रम्फूस्थित पर्यटक सुविधा केन्द्रमा रहेको राज्यस्तरीय आदान प्रदान प्रक्रिया सम्पन्न भएको हो।

यसको सम्पूर्ण देखरेख पाकिम जिल्लाकी अतिरिक्त जिल्लापाल अनुपा तामलिङले गरेकी थिइन्। विशेष गरेर गेजिङ, नाम्ची, गान्तोक, सोरेङ, पाकिम र मंगन जिल्लाको निम्ति १२ वटा पोस्टल व्यालेटमा आदान प्रदान भएको छ, जसमा वर्गमा एक व्याच दोस्रो वर्ग लगायत अन्यहरूमा पनि केही परिवर्तन साथै आदन प्रदान भएको छ।

यी सबै प्रक्रिया राज्यको छवटै जिल्लामा भएको जानकारी गराइएको छ। मानक अपरेटिङ प्रोसिजरलाई आदान प्रदानको समयमा कडाईका साथ पालना गरियो र दिशानिर्देशहरूको सठीकता र पालना सुनिश्चित गर्नुपर्ने निर्देश दिएको छ। प्रत्येक फारमले सम्बन्धित जिल्लाहरूमा डाकपत्रहरूको लागि जिम्मेवार नोडल अधिकारीहरूलाई हस्तान्तरण गर्नु अघि एक सावधानीपूर्वक प्रमाणीकरण प्रक्रिया पुरा गरेपछि यसलाई कार्यान्वयन गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement