मतदानको दिन दिनभरि सड़कमा हुनेछन् राज्यपाल

Dr-CV-Ananda-Bose

काेलकाता: पश्चिम बंगालका राज्यपाल सी वी आनन्द बोसले आगामी आम चुनाउमा सजग रहने प्रतिबद्धता व्यक्त गर्दै राज्यमा हिंसा अनि भ्रष्टाचारलाई निर्मूल पार्ने संकल्प लिएका छन्।

बोसले शनिवार चुनाउ प्रक्रिया शुरू भएको पहिलो दिनदेखि नै आफू मैदानमा उपस्थित रहने मनाशय व्यक्त गरे।

उनले आम मानिसहरूको सेवा गर्नेप्रति आफ्नो समर्पणमाथि बल दिँदै मतदानको दिन बिहान 6 बजेदेखि नै सड़कमा उत्रिने आफ्न योजना रहेको बताए। बोसले बताए, चुनाउको लागि उनका दुईवटा मुख्य प्राथमिकताहरू हिंसा अनि भ्रष्टाचारलाई निमिट्यान्न पार्नु हो। राज्यपालले आश्वासन दिए, आफ्नो यस लक्ष्यलाई प्राप्त गर्नको लागि उनले हरसम्भव प्रयास गर्नेछन्।

उनले संवाददाताहरू समक्ष भने, ”म चुनाउ शुरू भएको पहिलो दिनदेखि नै मैदानमा हुनेछु। मेरा दुईवटा प्राथमिकताहरू हुनेछन्, चुनाउ अवधि कुनै प्रकारको हिंसा अनि कदाचार नहोस्। त्यस दिन म अरू जाग्नुभन्दा पहिला नै बिहान 6 बजेदेखि सड़कमा हुनेछु।”

पछिल्लो वर्ष सम्पन्न पञ्चायत चुनाउमा उनले लिएको अड़ान बारे बताउँदै बोसले राजनीतिक हिंसाप्रति आफ्नो कड़ा विरोध व्यक्त गरे। उल्लेखनीय छ, चुनाउ आयुक्त राजीव कुमारले चेताउनी दिएका छन्, चुनाउको समयमा हिंसालाई कुनै पनि अवस्थामा सहन गरिनेछैन।

About Author

Advertisement