खरसाङमा भाजपाको चुनावी सांगठनिक सभा सम्पन्न

IMG-20240316-WA0242.jpg

खरसाङ: आज खरसाङको गोर्खा जनपुस्तकालय भवनमा भाजपा चुनाव कमिटीलाई लिएर एक सभा सम्पन्न भयो। विशेष गरी दार्जीलिङ जिल्लाको तीनवटा विधान सभा क्षेत्रका चुनावी पदाधिकारीहरूलाई लिएर सम्पन्न सभालाई भाजपा दार्जिलिङ जिल्ला समितिको अध्यक्ष कल्याण देवानले गरेका थिए। भाजपा दार्जीलिङ लोकसभा संयोजक कालिचिनिका विधायक विशाल लामा लगायत भाजपा राज्य महासचिव फालाकाटाको विधायक दिप बर्मन विशेष उपस्थितिमा सम्पन्न भएको छ। उक्त सभामा पार्टीको चुनावी पदाधिकारीहरुलाई आ-आफ्नो जिम्मेवारीबारे जानकारी गराएको छ। उक्त सभामा पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवान, महासचिव सोना लामा, राजू राई, उपाध्यक्ष एलएम लामा, राजन मुखिया, सिलगढी विभाग प्रभारी मनोज देवान लगायत खरसाङ विधान सभा क्षेत्रका १५ वटा मण्डलका सभापति सचिवहरू उपस्थित रहेका थिए।

सभामा आरबी लामालाई खरसाङ विधान सभा क्षेत्रका संयोजक अनि मदन जोगी सह संयोजक चयन गरिएको छ। सभामा कालचिनीका विधायक विशाल लामा र राज्य सचिव दिप बर्मनले चुनाव रणनीतिहरू विषयमा सर सल्लाहहरू दिएका छन्। सभालाई अजय विश्वकर्मले सञ्चालन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *