घैयाबारीको उदय संघमा सार्वजनिक भवन निर्माणको लागि शिलान्यास

IMG-20240316-WA0240.jpg

खरसाङ: घैयाबारीको लोवर गैरी गाउँस्थित उदय संघको सार्वजनिक भवन निर्माणको लागि आज शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्य तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको विशेष उपस्थितिमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत समिति सदस्या कुसुम तामाङको बाहुलीबाट नरिवल खुटाएर पूजा अर्चनासहित सम्पन्न गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई, युवा शक्ति, नारी शक्तिको प्रतिनिधिहरू उपस्थित रहेका थिए। घैयाबारीको लोवर गैरी गाउँस्थित उदय संघमा सार्वजनिक भवनको समस्या भएकोले यसको समाधानको लागि पहल गर्दै आवेदनहरू गरिए पनि समाधान नभएको र आज घैयाबारीका नारी शक्तिको प्रतिनिधिहरू भागोप्रमो अध्यक्ष एवं जीटीए चिफ् अनित थापालाई भेट्न गएको र आज सार्वजनिक भवन निर्माणको लागि शिलान्यास गरिएको जानकारी प्राप्त भएको छ। यस सार्वजनिक भवनको शिलान्यास कार्य विषयमा पत्रकारहरूसित कुराकानी भागोप्रमोको २५५ बुथको नरेन राई र नारी शक्ति प्रतनिधिले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement