महानदी ग्राम पञ्चायतको विभिन्न स्थानहरूमा विभिन्न विकास परियोजनाहरूको शिलान्यास

IMG-20240316-WA0247.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको विभिन्न विकास परियोजनाहरूको एकैसाथ शिलान्यास गरिएको छ। महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने सातवटा संसदहरूमा पन्ध्रौं वित्त आयोगको विभिन्न २९ वटा विकास परियोजनाहरू एकैसाथ शिलान्यास गरिएको छ। महानदी ग्राम पञ्चायतको महानदी बजार, तिरसठ लाइन, घुम्ती चियाबारी, जंगपाना चियाबारी। सिविटार चियाबारी र गिताङ्गे चियाबारीमा एकैसाथ शिलान्यास गरिएको छ। यस अन्तर्गत महानदी ग्राम पञ्चायतको सबै संसदहरूमा जम्मा १ करोड़ २३ लाख रुपियाँको काम भईरहेको जानकारी प्राप्त भएको छ।

उक्त शिलान्यास कार्यक्रम अन्तर्गत महानदी बजार, घुम्ती चियाबारी र तिरसठ पाखामा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, पञ्चायत समिति सदस्य सरिता मुखिया र पञ्चायत सदस्यहरू उपस्थित रहेका थिए। त्यसरी नै अन्य स्थानहरूमा पञ्चायत सदस्यहरूको उपस्थितिमा शिलान्यास कार्य सम्पन्न गरिएको छ भनी महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाले जानकारी गराएका छन्। त्यसरी नै महानदी ग्राम पञ्चायतको जंगपाना चियाबारीमा तीनवटा विकास परियोजनाहरूको शिलान्यास कार्य सम्पन्न गरिएको छ। जंगपानामा सम्पन्न तीनवटा विकास परियोजनाहरूको शिलान्यास पञ्चायत सदस्य रञ्जना छेत्रीको बाहुलीबाट पूजा अर्चनासहित सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ।

उक्त शिलान्यास कार्यक्रममा भागोप्रमो जंगपाना चियाबारीको अप्पर र लोवर क्षेत्रका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरू र ट्रेड युनियन लगायत सम्पूर्ण भातृ संगठनहरूका प्रतनिधिहरू साथै ट्रेड युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ विशेष रूपमा उपस्थित रहेका थिए। जंगपाना चियाबारीमा सम्पन्न शिलान्यास कार्यक्रम अन्तर्गत तीनवटा विकास परियोजनाहरू क्रमैले जिपेबल रोड निर्माण कार्यको शिलान्यास, वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट र जंगपाना चियाबारीको खेल मैदानमा सार्वजनिक शौचालय निर्माण आदिको शिलान्यास गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement