टी२० वर्ल्ड कपको सेमिफाइनल र फाइनलको निम्ति रिजर्व डे

IMG-20240315-WA0230.jpg

दुबई: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले अहिले प्रयोगमा चलिरहेको स्टप क्लक नियमलाई आउँदो टी२० वर्ल्ड कप २०२४-को साथमा सबै पूर्णकालिक सदस्यहरूका वनडे र टी२० अन्तर्राष्ट्रिय म्याचहरूमा सदा प्रयोग गर्नेछ। आईसीसीले शुक्रवार यस्तो जानकारी दियो। आईसीसीले स्टप क्लकको नियम दिसम्बर २०२३-मा शुरु गरेको थियो अनि अहिले यसलाई प्रयोग गरिँदैछ, जसलाई जून २०२४-देखि स्थायी गरिनेछ। आफ्नो वार्षिक बोर्ड बैठकपछि आईसीसीद्वारा जारी बयानमा भनिएको छ, ट्रायल अप्रेल २०२४-सम्म गरिनु थियो तर यस ट्रायलको नतीजा स्पष्ट देखिँदैछ। अहिले प्रत्येक म्याच समयमै समाप्त हुँदैछ अनि प्रत्येक वनडे म्याचमा लगभग २० मिनट समय बाँचिरहेको छ। स्पट क्लक नियम अनुसार फील्डिंग गर्ने टीमले एउटा ओभर समाप्त भएपछि ६० सेकेण्डको समयभित्र अघिल्लो ओभर शुरु गर्नु पर्छ। यस्तो नगरे फील्डिंग गर्ने टीमलाई दुईपल्ट चेताउनी दिइन्छ अनि त्यसपछि पनि गल्ती गरे प्रत्येक घटनाको निम्ति ५ रनको जरिमाना लगाइन्छ।
आईसीसीले यस नियममा केही छूट पनि दिएको छ। जस्तै ओभरहरूको बीचमा नयाँ ब्याटर क्रीजमा आए, आधिकारिक ड्रिंक्स ब्रेक या कुनै ब्याटर या फील्डरलाई चोट लागे स्टप क्लकलाई रद्द गरिन्छ। यसरी फील्डिंग गर्ने टीमको नियन्त्रणदेखि बाहिरको परिस्थितिहरूले गर्दा समय बर्बाद भए पनि यो नियम लागू हुनेछैन। यसरी आईसीसीको बैठकमा टी२० वर्ल्ड कपको अवधि सेमिफाइनल (२७ जून) र फाइनल (२९ जून)-को निम्ति रिजर्व डे-लाई पनि मञ्जुरी दिइयो। लीग या सुपर आठ चरणमा पूर्व म्याचको निम्ति दोस्रो ईनिंग्समा ब्याटिंग गर्ने टीमलाई कम्तीमा ५ ओभर बलिंग गर्नु जरूरी हुनेछ। यसरी नक्आउट म्याचहरूमा पूर्ण म्याचको निम्ति दोस्रो ईनिंग्समा कम्तीमा १० ओभर बलिंग हुनु जरूरी हुनेछ। खेलको वैश्विक सञ्चालन संस्थाले भारत र श्रीलंकाको संयुक्त आयोजनमा हुने टी२० विश्व कप २०२६-को निम्ति क्वालीफिकेशन प्रक्रियालाई पनि मञ्जुरी दियो। टुर्नामेण्टमा २० वटा टीमले हिस्सा लिनेछ, जसमा १२ वटा टीमले सीधै क्वालीफाई गर्नेछ। यस साल हुने टी२० विश्व कपको शीर्ष ८ वटा टीमले आयोजक भारत र श्रीलंकाको साथ स्वतः क्वालीफाई गर्नेछ जबकि रहल दुईवटा स्थान ३० जून २०२४-सम्म आईसीसी टी२० ऱ्याङकिंगमा रहल सर्वश्रेष्ठ ऱ्याङकिंग भएको टीमलाई प्राप्त हुनेछ। रहल आठवटा टीमको चयन क्वालीफायर टुर्नामेण्टको माध्यमले हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *