नेपालमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश सुन तस्करी प्रकरणमा पक्राउ

Gold-copy

काठमाडौं: सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन्। पुलिस प्रधान कार्यालय, नक्सालबाट खटिएको पुलिस टोलीले माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका दिपेसलाई शुक्रबार धापासीबाट पक्राउ गरेको जनाएको छ। ६१ किलो सुन तस्करी प्रकरणका आरोपी बेल्जियन नागरिक दावा छिरिङसँग उनको सम्पर्क देखिएपछि सुन जाँचबुझ आयोगले पुनसँग बयान लिएको समेत लिएको थियो। सुन तस्करीसम्बन्धी जाँच आयोगले बिहीबार  गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको गृह मन्त्रालय स्रोतले बतायो। गत वर्ष १९ जुलाई (साउन ३ गते) विमानस्थलबाट जाँच पास भए पछि बरामद भएको सुन करीब १०० किलो रहेको राजस्व अनुसन्धान विभागले अनुमान गरेको थियो।  पछि  ‘ब्रेक शू प्याड’ बाट निकालेर जोख्दा सुनको तौल ६० किलो सात सय ८९ ग्राम मात्र भएको थियो।

About Author

Advertisement