सिलगढी: दीर्घदिनअघि सिलगढी नगरनिगमको ३४ नम्बर वार्ड अन्तर्गत मोर बजार इलाकामा फलामको ब्रिज बनाएको थियो। हाल उक्त ब्रिज जीर्ण अवस्थामा पुगेकोले गर्दा मानिसहरूलाई यातायात गर्नमा असुविधा भइरहेको छ। यसैले गर्दा इलाकावासीले नयाँ ब्रिज निर्माण गरिनुपर्ने माग गर्दै आइरहेका थिए। अन्ततः उत्तरबंग विकास विभागको पहलमा आज नयाँ ब्रिजको निर्माण कार्यको मेयर गौतम देवले शिलान्यास गरे। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, ३४ नम्बर वार्डका काउन्सिलर विमान चन्द्र तफादार लगायत अन्य उपस्थित थिए। मेयर गौतम देवले बताएअनुसार उत्तरबंग विकास विभागको पहलमा २ करोड ४० लाख रुपियाँको लागतमा उक्त ब्रिज निर्माण गरिने भएको छ।

आगामी दुर्गा पुजा अगावै वार्डवासीले नयाँ ब्रिज उपहार स्वरूप पाउनेछन्। नयाँ ब्रिजको निर्माण कार्य शुरू गरिने भएकोले स्थानीय मानिसहरू खुसी छन्।










