विधायकले गरे राजगञ्जमा तीन सडकको शिलान्यास

8a9056f0-f9ec-4878-b7b3-2f70e12a238d-1024x576.jpg

राजगञ्ज: विधायक खगेश्वर रायले राजगञ्जको माझियाली ग्राम पञ्चायत क्षेत्रमा तीन सडकको शिलान्यास गरेका छन्। आज विधायकले राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायत अन्तर्गत दंगापाडा, जमीद्रागाछ र साकिराजोट क्षेत्रमा तीन सडकको शिलान्यास गरे।
करिब ४ करोड २५ लाखको लागतमा पथश्री र राष्ट्रश्री आयोजनाबाट साढे सात किलोमिटर सडक बनाइनेछ। यस क्रममा राजगञ्ज विधायक खगेश्वर राय, जलपाईगुडी जिल्ला परिषद सदस्य उत्तरा बर्मन, पञ्चायत समिति सदस्य दत्तकुमार दास, अरिन्दम बनर्जी, हेमन्त बर्मन र अन्य उपस्थित थिए।

About Author

Advertisement