नक्सलबारी: द्वारे सरकार शिविरमा आवेदन गरेका १११ आवेदकहरूले जमिनको पट्टा प्राप्त गरेका छन्। नक्सलबारी ब्लक अन्तर्गत विभिन्न ठाउँहरूको सरकारी जमिनमा बसोबास गर्दै आइरहेका भूमिहीन मानिसहरूलाई ब्लक प्रशासनको तर्फबाट आज जमिनको पट्टा प्रदान गरियो। आज नक्सलबारी कम्युनिटी हलमा एउटा कार्यक्रमको माध्यमद्वारा १११ जना मानिसहरूलाई जमिनको पट्टा प्रदान गरियो। यस अवसरमा नक्सलबारी पञ्चायत समितिका अध्यक्ष आनन्द घोष, नक्सलबारीका बीडीओ प्रणब चटराज, नक्सलबारी बीएलआरओ विप्लब हलदर लगायत अन्य उपस्थित थिए।

नक्सलबारी पञ्चायत समितिका अध्यक्ष आनन्द घोषले भने, जमिनको पट्टा प्रत्येक महिना प्रदान गरिरहेको छ। आगामी दिनमा पनि पट्टाको लागि आवेदन चढाउनेहरूले तिनीहरूको अधिकार पाउनेछन्।










