टिएमसीको उम्मेदवार बन्नु नै पहिलो हार हो: भाजपा

IMG-20240315-WA0229.jpg

दार्जीलिङ: जसले गोर्खाल्यान्ड आन्दोलनलाई दवायो।जसले गोर्खा जातिलाई गोली ठोक्यो। त्यो दलको उम्मेदवार हुनु भनेको नै पहिलो हार हो भनी भारतीय जनता पार्टी
दार्जीलिङ जिल्ला समितिको पक्षमा प्रेस विज्ञप्ति जारी गरी बताइएको छ। भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला कमिटीको उपाध्यक्ष एलएम लामाले टिएमसीले दार्जीलिङ लोकसभाको निम्ति गोपाल लामाको नाम चयन गर्न साथै उनी हारीसके भनी बताएका छन्। लामाले भने, उनको प्रेस वक्तव्यबाट उनी दोस्रोपटक हारिसकेका छन्। उनले भने विकास भयो भने मुद्दा नै रहँदैन। गोर्खा भएर गोर्खा जातिको असली मुद्दा थाहा नहुनु भनेको जातिप्रति कुनै प्रेम नहुनु हो।संवेदनशील नहुनु हो। हाम्रो वास्तविक मुद्दा भनेको गोर्खा जातिको राजनैतिक पहिचानसहितको समृद्धि हो।विकास मात्रै होइन। उनको यो वक्तव्यले उनी राजनैतिक अपरिपक्व व्यक्ति हुन् भन्ने पनि प्रमाण गरेको छ।’
भाजपा दार्जिलिङ जिल्ला उपाध्यक्ष एलएम लामाले अघि भने, यदि लामाले जितेर गए, गोर्खा जातिको विरोधमा नै बोल्नेछ भन्ने स्पष्ट भयो। लामाले भोट जित्नु भनेको टिएमसीलाई शक्तिशाली बनाउनु हो। टिएमसीलाई शक्तिशाली बनाउनु भनेको गोर्खा जातिको स्वाभिमान र मुद्दालाई मुर्दाघाटमा पुरयाउनु हो। मुद्दाको लागि बाधा हो।पहाडका जनताले यो सत्य कुरा भोट खसाल्न अघि चिन्ता गर्नु आवश्यक छ। सांसद बनाउनु भनेको संसदमा झोडा, नालाको बयान गर्ने ठाउँ होइन। संसदमा गोर्खा जातिको राजनैतिक समस्यामाथि आवाज उठाउनु पर्छ। झोडा नालाको मुद्दा त पञ्चायत चुनावमा उठाउनु पर्ने मुद्दा हो।’
एलएम लामाले अझ भने, गोपाल लामाले जातिको मुद्दाबारे आवाज उठाउनै सक्तैन। हामीलाई हाम्रो जातिको पक्षमा सक्रिय र सशक्त रुपले आवाज उठाउने सांसद चाहिएको छ। संसदमा सांसदहरुसित मुद्दाको खातिर लबिङ गर्नु सक्ने गोर्खा स्वाभिमानी सांसद चाहिएको छ। मुद्दाप्रेमी सांसद चाहिएको छ।गोर्खा जाति भनेको स्वाभिमानी बाघ हो। बाघ भोकै बस्छ। तर घाँस खाँदैन। बेइज्जतसित दिएको मिठो खाना किन नहोस्, स्वाभिमानी गोर्खाहरुले पटक्कै खाँदैन।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *