खरसाङ: आगमी लोकसभा चुनावलाई लिएर भागोप्रमो खरसाङ महकुमा समितिको सभा पार्टी अध्यक्ष सुवास प्रधानको अध्यक्षतामा सम्पन्न गरियो। उक्त सभामा भागोप्रमो खरसाङका केन्द्रीय समिति सदस्यहरू, सभासदहरू, खरसाड महकुमा स्तरीय नेतृत्वहरू, विभिन्न समष्टिका सभापति, सचिव, नारीशक्ति, युवा शक्ति, पार्टीका भातृ संगठनका सदस्यहरू, पञ्चायत समिति, पञ्चायत प्रधान उप प्रधान, पञ्चायत सदस्यहरूको उपस्थिति रहेका थिए। आगामी लोकसभा चुनावको निम्ति खरसाङ महकुमा चुनाव को-अर्डिनेटर बिन्नी शर्मा, खरसाङ खण्ड चुनाव को-अर्डिनेटर प्रणाम रसाईलीलाई घोषणा अनुसार चुनाव लिएर समष्टि स्तरिय सभा गरिने साथै लोकसभा चुनाव को-अर्डिनेटरमाथि सल्लाहकार अनु प्रधान छेत्री, सुवास प्रधान, सभासद कल्पना प्रधान र सभासद नवराज छेत्रीलाई चयन गरियो।

सभाको निर्णय अनुसार सब को-अर्डिनेटरमा सभासद श्याम शेर्पा, सभासद नुरी शेर्पा, पेमेन्द्र गुरूङ, के बी गुरूङको नाम चयन गरियो। सभाको निर्णय अनुसार आगामी सोमवारदेखि समष्टि स्तरीय सभा सम्पन्न गरिने भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्डको चुनाव को-अर्डिनेटर एंव सभासद प्रणाम रसाईलीले विस्तृत जानकारी गराएका छन्।











