खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीमा जल जीवन मिशनको कार्यको शिलान्यास गरिएको छ। केही दिन अघि सम्पन्न उक्त शिलान्यास कार्यक्रम २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीको सिमानाटारमा सम्पन्न भएको छ। उक्त जल जीवन मिशनको कार्य सिमानाटारमा छोडिएको थियो भने अब त्यहाँ पनि कार्य शुरू गर्नलाई शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्य क्षेत्रीय सभासद श्याम शेर्पाको बाहुलीबाट सम्पन्न गरिएको छ भने पञ्चायत समिति सदस्य दिनेश तामाङले नरिवल खुटाएका थिए भनी जानकारी प्राप्त भएको छ। उक्त कार्य ७७ लाखको लागतमा सम्पन्न हुने क्षेत्रीय सभासद श्याम शेर्पाले जानकारी गराएका छन्। उक्त जल जीवन योजनाको कार्य शुरु हुने भएपछि स्थानीयहरू धेरै खुशी भएको र लोवर चैते पानी क्षेत्रको २०-२५ घर परिवार सबै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको जानकारी प्राप्त भएको छ। सबै सामेल हुनेहरूलाई क्षेत्रीय सभासद श्याम शेर्पाले पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाएका छन्। त्यसरी नै यसै समष्टिको चिमनीदेखि मजुवा जाने ओल्ड मिलीटेरी रोडको पथश्री योजना अन्तर्गत निर्माणको लागि पनि शिलान्यास गरिएको छ।

उक्त शिलान्यास क्षेत्रीय सभासद श्याम शेर्पाले गरेका छन्। उक्त कार्यको शिलान्याससितै काम पनि थालिएको छ। उक्त दुवै शिलान्यास कार्यक्रममा मुख्य अतिथिको रूपमा क्षेत्रीय सभासद श्याम शेर्पा उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा समष्टीको नारी शक्तिको सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री, पञ्चायत समिति सदस्य दिनेश तामाङ, चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत प्रधान बिमल तामाङ, पञ्चायत सदस्या सिमा थापा लगायत युवा शक्ति खरसाङ टाउन कमिटीको सचिव बन्धन लामा, युवा संयोजक विष्णु छेत्री, भागोप्रमो खरसाङ महकुमा सदस्य प्रेम बम्जन, युवा शक्तिको महेश राई, रुपेस देवान, अनुप तामाङ आदि उपस्थित रहेका थिए।










